बाढीपहिरो पीडितका लागि सहयोग संकलन गर्दै राष्ट्रिय जनमोर्चा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १९, २०७५
|
|
४६ पटक हेरिएको
Shares
बाढीपहिरो पीडितका लागि सहयोग संकलन गर्दै राष्ट्रिय जनमोर्चा

सारांश

  • काठमाडौं, १९ असार ।
  • राष्ट्रिय जनमोर्चाले वर्षा मौसममा बाढी वा पहिरोबाट पुग्ने क्षतिको लागि राहत वितरण गर्नका लागि सहयोग संकलन कार्यक्रम अगाडि बढाएको छ ।
  • अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा देशभित्र, प्रवास वा विदेशमा भएका सबै नेपालीहरुसित सहायता संकलन गरी पार्टीको केन्द्रीय कार्यालयमा पठाउन आफ्ना तल्ला निकायहरुलाई अनुरोध गरिएको छ ।

काठमाडौं, १९ असार । राष्ट्रिय जनमोर्चाले वर्षा मौसममा बाढी वा पहिरोबाट पुग्ने क्षतिको लागि राहत वितरण गर्नका लागि सहयोग संकलन कार्यक्रम अगाडि बढाएको छ । अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा देशभित्र, प्रवास वा विदेशमा भएका सबै नेपालीहरुसित सहायता संकलन गरी पार्टीको केन्द्रीय कार्यालयमा पठाउन आफ्ना तल्ला निकायहरुलाई अनुरोध गरिएको छ ।

“वर्षा बढ्नुका साथै जनधनको धेरै नै क्षति पुग्ने सम्भावना छ”, विज्ञप्तिमा भनिएको छ, “त्यसरी देशभित्र वा बाहिरका विभिन्न स्थानहरुबाट आउने सहायताबाट बाढी र पहिरोबाट पीडित जनतालाई केही सहायता पुग्यो भने पनि त्यो खुसीको कुरा हुनेछ । हामीले उक्त रकमको संकलनका लागि बेग्लै विपद व्यवस्थापन कोषको निर्माण गरेका छौं । उक्त कोषमा सिधै र शीघ्र बढीभन्दा बढी सहयोग रकम पठाउन हामीले सबै शुभेच्छुकहरुसित अपील गर्दछौं ।”

नेपालमा आएको वर्षा, बाढी र पहिरोबाट पहाड र तराईमा समेत ठूलो जनधनको क्षतिप्रति राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यान आकर्षित भएको बताउँदै बाढी पहिरोबाट निधन भएका सबै व्यक्तिहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनीहरुका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । क्षतिग्रस्त स्थानहरुमा तुरुन्त उद्धार तथा राहतको व्यवस्था गर्न सरकार, प्रशासन र सबै तहका स्थानीय निकायहरुसित माग पनि गरिएको छ । प्रकोप वा विपत्तिका लागि पूर्व सतर्कता अपनाउन र त्यसको व्यवस्था गर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।

गत वर्षहरुमा भूकम्प, बाढी, पहिरो वा आगलागीबाट भएको जनधनको क्षतिमा पार्टीले देशका विभिन्न भागहरुमा पीडित जनतालाई राहत वितरण गरेको उल्लेख गर्दै त्यतिबेला देशभित्र र भारत तथा तेस्रो मुलुकमा रहेका नेपालीहरुले ठूलो मात्रामा सहयोग पु¥याएको उल्लेख गरिएको छ । गत वर्षहरुहरुमा करिब ८१ लाख बराबरको राहत वितरण गरेको उल्लेख गर्दै छिटै त्यसको पुस्तिका प्रकाशित गरेर हिसाबको विवरण सार्वजनिक गर्ने योजना बनाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चियापानमा वार्षिक ६ अर्ब ९४ करोड खर्च !
चियापानमा वार्षिक ६ अर्ब ९४ करोड खर्च !
नेपालमा घट्दै भ्रष्टाचार !
नेपालमा घट्दै भ्रष्टाचार !
प्रहरीमाथि आक्रमण गरी सर्टगन लुट्ने पक्राउ
प्रहरीमाथि आक्रमण गरी सर्टगन लुट्ने पक्राउ
राजा वीरेन्द्रका दुई जहाज नारायणहिटी संग्राहलयमा राखिने
राजा वीरेन्द्रका दुई जहाज नारायणहिटी संग्राहलयमा राखिने
पूर्णचन्द्र थापा प्रधानसेनापतिमा नियुक्त !
पूर्णचन्द्र थापा प्रधानसेनापतिमा नियुक्त !
“गे” सँग विवाह गरेपछि पाँच महिनामै भइन अलग ‘इशकबाज’ की नायिका मन्दाना !
“गे” सँग विवाह गरेपछि पाँच महिनामै भइन अलग ‘इशकबाज’ की नायिका मन्दाना !
प्रम ओलीको फोनले बंगलादेशबाट पैचोमा मल नआएपछि जिटूजीमार्फत खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव
प्रम ओलीको फोनले बंगलादेशबाट पैचोमा मल नआएपछि जिटूजीमार्फत खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव
‘प्रचण्डलाई अध्यक्ष दिए एकता हुन्छ, नदिए हुँदैन्, कुरा स्पष्ट छ’
‘प्रचण्डलाई अध्यक्ष दिए एकता हुन्छ, नदिए हुँदैन्, कुरा स्पष्ट छ’
सन्त नेता कृष्णप्रसाद भट्टराईको नाममा म्याराथुन हुँदै
सन्त नेता कृष्णप्रसाद भट्टराईको नाममा म्याराथुन हुँदै
सुवास नेम्वाङले भनेका थिएः अहिलेका प्रधानमन्त्रीले संसद बिघटन गर्न सक्दैन
सुवास नेम्वाङले भनेका थिएः अहिलेका प्रधानमन्त्रीले संसद बिघटन गर्न सक्दैन

तपाईंले छुटाउनुभयो कि?