सर्वोच्चले चौधरीको फाइल मगायो

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ५, २०७४
|
|
५८ पटक हेरिएको
Shares
सर्वोच्चले चौधरीको फाइल मगायो

सारांश

  • काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य जितेका फरार अभियुक्त रेशम चौधरीले वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने रिट दरपीठविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै अभियोगसम्बन्धी फाइल मगाएको छ ।
  • प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले कर्तव्य ज्यानसमेतका मुद्दामा फरार अभियुक्त चौधरीका सबै सक्कल फाइल मगाउने आदेश गरेको हो ।
  • प्रतिनिधिसभा सदस्यमा जितेका चौधरी वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दैैै वारेसमार्फत नै सर्वोच्च पुगेका छन् ।

काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य जितेका फरार अभियुक्त रेशम चौधरीले वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने रिट दरपीठविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै अभियोगसम्बन्धी फाइल मगाएको छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले कर्तव्य ज्यानसमेतका मुद्दामा फरार अभियुक्त चौधरीका सबै सक्कल फाइल मगाउने आदेश गरेको हो ।
प्रतिनिधिसभा सदस्यमा जितेका चौधरी वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दैैै वारेसमार्फत नै सर्वोच्च पुगेका छन् । कैलाली क्षेत्र नम्बर १ बाट सांसदमा जितेपछि प्रमाणपत्र लिन उनकी पत्नीलाई पठाएका थिए । जिल्ला निर्वाचन कार्यालयले विजयी प्रतिनिधि नै उपस्थित हुनुपर्ने भन्दै पत्नीलाई प्रमाणपत्र दिएन । त्यसपछि सर्वोच्चमा रिट लिएर जाँदा सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो । त्यसपछि चौधरीले दरपीठविरुद्धको निवेदन सुनिलकुमार चौहानलाई वारेस राखी दर्ता गराएका हुन् ।
रिट दरपिठ गर्दा सर्वोच्चले मुलुकी ऐनअनुसार ज्यान मार्ने उद्योगलगायतका मुद्दामा हाजिर नहुने अभियुक्तको नाममा वारेन्ट जारी गर्नुपर्ने व्यवस्था भएको उल्लेख गरेको छ । मुलुकी ऐन अदालती बस्दोबस्तीको महल ११८ बमोजिम कानुनी प्रक्रियामा अभियुक्त स्वयं समावेश नभएकोले उक्त मुद्दामा वारेसमार्फत रिट दर्ता गर्न नमिल्ने भन्दै सर्वोच्चले दरपीठ गरेको थियो ।
दरपीठविरुद्ध निवेदनमा सोमबार प्रधानन्यायाधीश पराजुलीको इजलासले अभियोग पत्रसमेतका कागजातको प्रमाणित प्रतिलिपि निवेदकसँगै माग गरेको हो । फरार चौधरीले वारेसनामामार्फत उम्मेदवारी दिएपछि कसैले पनि आयोगमा उजुरी गरेको थिएन । २०७२ भदौ २७ मा कैलाली टीकापुरमा थरुहट आन्दोलनका क्रममा एक बालक र नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मीको ज्यान गएको थियो । चौधरीलाई त्यस घटनाका मुख्य अभियुक्त भनी पक्राउ पुर्जी जारी गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलबर्नमा गठित गोपाल थपलिया प्रतिष्ठानको सिड्नीमा बिस्तार
मेलबर्नमा गठित गोपाल थपलिया प्रतिष्ठानको सिड्नीमा बिस्तार
कांग्रेसले  बेलायाे काठमाडाैंमा २ नम्बरको प्रादेशिक भेला,सय सिट जित्नसक्ने निधि बिश्लेषण ….
कांग्रेसले बेलायाे काठमाडाैंमा २ नम्बरको प्रादेशिक भेला,सय सिट जित्नसक्ने निधि बिश्लेषण ….
कम्बोडियामा सीपीसीको एकल बहुमत, हुन सेनका छोरा प्रधानमन्त्री बन्दै
कम्बोडियामा सीपीसीको एकल बहुमत, हुन सेनका छोरा प्रधानमन्त्री बन्दै
स्नातक तह एमबिबीएस र बिडीएसको लाइसेन्स परीक्षाफल प्रकाशित
स्नातक तह एमबिबीएस र बिडीएसको लाइसेन्स परीक्षाफल प्रकाशित
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माओवादी मन्त्री हटाउन दबाब
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माओवादी मन्त्री हटाउन दबाब
योगेश भट्टराई पर्यटन मन्त्रीमा नियुक्त, चार बजे शपथ
योगेश भट्टराई पर्यटन मन्त्रीमा नियुक्त, चार बजे शपथ
जनयुद्धकी लडाकु राईको गोलीको छर्रा निकाल्न सहयोगको याचना
जनयुद्धकी लडाकु राईको गोलीको छर्रा निकाल्न सहयोगको याचना
मिथिलाञ्चलमा विवाह पञ्चमी सुरु, राम-जानकीको स्वयंवरमा उत्तरप्रदेशका मुख्यमन्त्री जन्त
मिथिलाञ्चलमा विवाह पञ्चमी सुरु, राम-जानकीको स्वयंवरमा उत्तरप्रदेशका मुख्यमन्त्री जन्त
काठमाडौँ र ललितपुरमा राप्रपा र एमालेबीच चुनावी तालमेल  : राप्रपा प्रवक्ता
काठमाडौँ र ललितपुरमा राप्रपा र एमालेबीच चुनावी तालमेल : राप्रपा प्रवक्ता
भारतको लोकसभाले १० बर्षपछि पायो विपक्षी दलको नेता
भारतको लोकसभाले १० बर्षपछि पायो विपक्षी दलको नेता

तपाईंले छुटाउनुभयो कि?