सहकारी ठगीमा संलग्न जो कोहीमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २९, २०८१
|
|
५९ पटक हेरिएको
Shares
सहकारी ठगीमा संलग्न जो कोहीमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

सारांश

  • काठमाडौं ।
  • गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा संलग्नमाथिको अनुसन्धान प्रभावित हुने काम कसैले पनि गर्न नहुने बताएका छन्।
  • नेपाल प्रेस युनियन नवलपुरद्वारा शनिबार कावासोतीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले लोकतन्त्रमा भिडले न्याय नदिने भन्दै न्यायिक प्रक्रियाबाट नै हरेक गतिविधिको छिनोफानो हुने बताए।

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा संलग्नमाथिको अनुसन्धान प्रभावित हुने काम कसैले पनि गर्न नहुने बताएका छन्।

नेपाल प्रेस युनियन नवलपुरद्वारा शनिबार कावासोतीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले लोकतन्त्रमा भिडले न्याय नदिने भन्दै न्यायिक प्रक्रियाबाट नै हरेक गतिविधिको छिनोफानो हुने बताए।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मानवअधिकार उल्लंघनको कुनै पनि व्यवहार नभएको भन्दै अदालतको आदेशअनुसार नै अनुसन्धान भइरहेको गृहमन्त्री लेखकले बताए। ‘रविजीमाथि मानवअधिकार उल्लंघनको कुनै काम भएको छैन। सरकार हरेक व्यक्तिको मानवअधिकार रक्षाका लागि प्रतिबद्ध छ,’ उनले भने, ‘सहकारी ठगीमा संलग्म्लन जो कोहीमाथि अनुसन्धान हुन् ।’

जनताले दु:ख गरेर जम्मा गरेको करोडौं रकम हिनामिना गर्नेमाथि अनुसन्धान हुँदा भिड जम्मा गर्ने, अदालत तथा न्यायिक निकाय घेराउ गर्ने जस्ता गतिविधि हुनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ।

मुलुकमा दिगो विकास, शान्ति, सुशासन तथा समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताए।

‘स्थायी सरकार नहुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको थिएन, सुशासन कायम भएन, विकास निर्माणका काम पनि द्रुत गतिमा अघि बढ्न नसकेपछि वर्तमान गठबन्धन सरकार गठन भएको हो,’ उनले भने।

गृहमन्त्री लेखकले वर्तमान गठबन्धनको विषयमा विभिन्न प्रकारको हल्ला फैलाउने कोसिस भएको भन्दै यो गठबन्धन २०८४ सालको निर्वाचन सम्मै कायम रहने जिकिर गरे। संविधान संसोधन तथा राजनितिक स्थायित्वका लागि वर्तमान गठबन्धनको आवश्यक्ता महसुस भएकाले जनचाहना अनुसार काम हुने उनको दाबी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँपालिका अध्यक्षले थारू बस्तिमा पुगेर टुकि बत्ती निभाएपछि…
गाउँपालिका अध्यक्षले थारू बस्तिमा पुगेर टुकि बत्ती निभाएपछि…
२ दशक संगीत क्षेत्रमा आफ्नो जीवन अर्पेका संगीतकार तथा गायक कमल सौरागको एकल साँझ भब्य रुपमा सम्पन्न हुदै
२ दशक संगीत क्षेत्रमा आफ्नो जीवन अर्पेका संगीतकार तथा गायक कमल सौरागको एकल साँझ भब्य रुपमा सम्पन्न हुदै
भरतपुर अपडेट-संसद अवरोधः सर्वोच्चको आदेश पर्खिने एमाले रणनीति
भरतपुर अपडेट-संसद अवरोधः सर्वोच्चको आदेश पर्खिने एमाले रणनीति
एसिया कप छनाेटः नेपालकाे ५० रन पुरा, सागर अाउट दिपेन्द्र इन !
एसिया कप छनाेटः नेपालकाे ५० रन पुरा, सागर अाउट दिपेन्द्र इन !
मुर्ति चोरीमा संलग्नलाई २० लाख विगो सहित दुई वर्ष कैद
प्रधानसेनापति भारत उडे, कामु प्रधानसेनापतिले अमेरिकी जनरलसँग भेट !
प्रधानसेनापति भारत उडे, कामु प्रधानसेनापतिले अमेरिकी जनरलसँग भेट !
राष्ट्रकवि निवासमा राष्ट्रपति पुग्दा…
राष्ट्रकवि निवासमा राष्ट्रपति पुग्दा…
यौन दुर्व्यवहारको आरोपपछि स्टिभ विनको राजीनामा
यौन दुर्व्यवहारको आरोपपछि स्टिभ विनको राजीनामा
सिके राउतलाई राष्ट्रियसभामा लगिने साँचो हो ?
सिके राउतलाई राष्ट्रियसभामा लगिने साँचो हो ?
सेक्स गर्ने नयाँ शैली–जसले भरपुर आनन्द दिन्छ
सेक्स गर्ने नयाँ शैली–जसले भरपुर आनन्द दिन्छ

तपाईंले छुटाउनुभयो कि?