सांसद रौनियार सहित १२ जना विरूद्ध मुद्दा दायर, सांसद निलम्बित

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन १९, २०७५
|
|
४४ पटक हेरिएको
Shares
सांसद रौनियार सहित १२ जना विरूद्ध मुद्दा दायर, सांसद निलम्बित

सारांश

  • काठमाडौं, १९ असाेज ।
  •  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको खुलेपछि पप्पु कन्ट्रक्सनका अध्यक्षसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
  • कन्ट्रक्सनका अध्यक्ष सुमित रौनियार र प्रोप्राइटर हरिनारायण प्रसाद साह रौनियारसहित १२ जनाविरुद्ध शुक्रबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

काठमाडौं, १९ असाेज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको खुलेपछि पप्पु कन्ट्रक्सनका अध्यक्षसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। कन्ट्रक्सनका अध्यक्ष सुमित रौनियार र प्रोप्राइटर हरिनारायण प्रसाद साह रौनियारसहित १२ जनाविरुद्ध शुक्रबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

प्रोपराइटर रौनियार संघीय समाजवादी फोरमका सांसद हुन्। रौनियार पर्सा ३ बाट निर्वाचित भएका थिए । भ्रष्टाचार मुद्दा दायर भएसँगै कानुनी रुपमा उनको सांसद पद स्वतः निलम्बनमा परेको छ ।

कन्ट्रक्सनले अर्बौको विभिन्न ठेक्कामा भ्रष्टाचार गरेको उजुरी परेपछि अख्तियारले छानबिन सुरु गरेको थियो। छानबिनका क्रममा भ्रष्टाचार गरेको पाइएपछि शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए।

पप्पु कन्स्ट्रक्सन देशभरि झन्डै तीन दर्जन पुल जिम्मा लिएको छ। काम भने धेरैतिर अलपत्र पारेको छ। अहिलेसम्म उसले ११ अर्ब रूपैयाँ बराबरका ४० आयोजना ओगटेको छ। सार्वजनिक खरिद ऐनको फाइदा उठाउँदै पप्पुले अधिक संख्यामा निर्माण ठेक्का हात पारेको छ। सडक विभागको प्रतिवेदनअनुसार ठेक्का पाएकामध्ये निर्धारित समय सकेर पनि उसले दुई अर्ब ५१ करोड रूपैयाँबराबरको आयोजना अलपत्र पारेको छ। हात परेका अधिकांश आयोजना वर्षादेखि अलपत्र छन्। एउटै आयोजना सम्पन्न नभएको सडक विभागले जनाएको छ। पछिल्लो समय नेपाल राष्ट्र बैंकको बालुवाटारको भवनको ठेक्का पनि उसैले पाउने भएको छ।

खरिद ऐनअनुसार कम अंक कबोल गरी पाँच सडक खण्ड र एक भवनबाहेक पप्पुले अत्याधिक संख्यामा पुलकै आयोजना ठेक्का लिएको छ। यो कम्पनीले जेभीमा गरेको निर्माण कम्पनी ४० पुगेका छन्। पप्पुले मात्रै काम गरेका कम्पनी डेढ दर्जन छन्। पुलको निर्माणको बढी ठेक्का पाएको पप्पुले राष्ट्रिय राजमार्गमा सात पुलको काम लिएको छ। यसमध्ये पाँचको निर्माण अवधि सकिए पनि कार्य सम्पन्न भएको छैन। अन्य दुईको पनि निर्माणकै चरणमा छ। स्थानीय सडकतर्फ २६ वटा पुलको जिम्मा पप्पुले लिएको छ। यसमध्ये १८ वटाको निर्माण अवधि सकिएको छ। तर निर्माण कार्य सम्पन्न भएको छैन। अन्य आठको निर्माण कार्य समेत सुरु भएको छैन।

विभागका अनुसार पप्पुले हात हालेका अधिकांश पुल अलपत्र छन्। उसले राजधानीको टेकु, डल्लु र तीनकुनेको पुल निर्माणको जिम्मा पाएको छ। टेकुमा निर्माण सम्पन्न भए पनि पुल स्वीकृत भएको छैन। यो पुल सञ्चालनमा सडक विभागले रोक लगाएको छ। २०७१ पुसमा ठेक्का पाएको वाग्मती पुलको निर्माण अवधि सकेर पनि हालसम्म निर्माण सम्पन्न भएको छैन। गत असार मसान्तमा निर्माण अवधि सकिए पनि हालसम्म यो पुलको निर्माण २० प्रतिशत मात्रै सकिएको छ। फोरमका सांसदसमेत रहेका रौनियारको नाममा पप्पु कन्स्ट्रक्सन छ। जटही जनकपुर सडक खण्डको कमला नदीमाथि निर्माण गर्नुपर्ने पुलको पनि म्याद सकिएको छ। कमला नदीमाथि पुल बनाउन उसले ३४ करोडको ठेक्का पाएको थियो। २०६८ सालमा सुरु गरी २०७३ साउन मसान्तमा निर्माण सक्नुपर्ने थियो। उक्त अवधिमा निर्माण सम्पन्न नहुँदा सरकारले एक वर्ष पुनः समय थप गरेको छ।

गुणस्तरहीन निर्माणका कारण कतिपय पुलले बाढीको स-साना भेललाई पनि थेग्न सकेका छैनन्। रौतहटको लालवकैया पुल गत वर्ष असारमा आएको बाढीबाट क्षतिग्रस्त बन्यो। यो पुल हस्तान्तरण नहुँदै क्षतिग्रस्त बनेको थियो। कमसल बनाएका कारण उक्त पुलमा क्षति पुगेको भन्दै पुल विभागले प्रतिवेदन बनायो। उक्त पुलमा पप्पुको कमजोरी देखिएकाले विभागले पुनर्निर्माण गर्न लगाएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुरा प्रहार गरी दलित युवकको हत्या
छुरा प्रहार गरी दलित युवकको हत्या
‘प्रहरी हाम्रो टोलमा’
‘प्रहरी हाम्रो टोलमा’
‘दुई तिहाइ हुँदैमा सरकारले जनवादी केन्द्रीयताको सपना नदेखे हुन्छ’
‘दुई तिहाइ हुँदैमा सरकारले जनवादी केन्द्रीयताको सपना नदेखे हुन्छ’
रामपुरमा पहिलो पटक सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु
रामपुरमा पहिलो पटक सिभिल इञ्जिनियरिङ पठनपाठन शुरु
कान्तिपुर दैनिकका सम्पादक थापाले दिए राजिनामा
कान्तिपुर दैनिकका सम्पादक थापाले दिए राजिनामा
लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने
लघुवित्तले डेढ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने, बढी असुलेको रकम एक हप्ताभित्र फिर्ता गर्नुपर्ने
व्यवस्थित हुँदै मन्त्रिपरिषद् निर्णय, हरेक बिहिबार लिखित सार्वजनिक
व्यवस्थित हुँदै मन्त्रिपरिषद् निर्णय, हरेक बिहिबार लिखित सार्वजनिक
लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धनको अग्रता
लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धनको अग्रता
मालबाहक ट्रककाे ठक्करबाट एकै परिवारका ३ जनाकाे मृत्यु
मालबाहक ट्रककाे ठक्करबाट एकै परिवारका ३ जनाकाे मृत्यु
देश र जनताको निम्ति नेताहरु इमान्दार बन्नुपर्छ : अध्यक्ष नेपाल
देश र जनताको निम्ति नेताहरु इमान्दार बन्नुपर्छ : अध्यक्ष नेपाल

तपाईंले छुटाउनुभयो कि?