साउदी महिलालाइ सेनामा भर्ना खुला, यस्ताे छ प्रावधान

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २१, २०७५
|
|
५५ पटक हेरिएको
Shares
साउदी महिलालाइ सेनामा भर्ना खुला, यस्ताे छ प्रावधान

सारांश

  • साउदी, २१ साउन ।
  • हालै साउदी महिलालाई फुटबल हेर्न जान खुला गरेकाे साउदी अरेबियाले देशको सेनामा पहिलो पल्ट महिलाहरुलाई भर्ना गर्न आवेदन खुला गरेको छ ।
  • आन्तरिक मामिला मन्त्रालयले यो महिनाको अन्त्यसम्मको समयसिमा तोक्दै केही प्रान्तहरुमा सैनिक पदका लागि आवदेन दिन महिलाहरुलाई आह्वान गरेको छ।

साउदी, २१ साउन । हालै साउदी महिलालाई फुटबल हेर्न जान खुला गरेकाे साउदी अरेबियाले देशको सेनामा पहिलो पल्ट महिलाहरुलाई भर्ना गर्न आवेदन खुला गरेको छ । आन्तरिक मामिला मन्त्रालयले यो महिनाको अन्त्यसम्मको समयसिमा तोक्दै केही प्रान्तहरुमा सैनिक पदका लागि आवदेन दिन महिलाहरुलाई आह्वान गरेको छ।

खुला गरिएका पदका सैनिकले युद्धको अग्रमोर्चामा जानु पर्ने छैन तर ती महिलाहरुलाई गुप्तचर विभागमा काम गर्ने अवसर दिइने छ। रियाद, मक्का, अलकाशिम र मदिना प्रान्तहरुमा सैनिक पदमा भर्ना हुनका लागि त्यहांका महिलाहरुसंग आउंदो विहीबार सम्मको समय छ।

प्रावधान

आवेदकले पालना गर्नु पर्ने विभिन्न १२ वटा शर्तहरु पनि सार्वजनिक गरिएको छ जसमा आवेदकको उमेर २५ देखि ३५ वर्षको हुनु पर्ने र कम्तिमा माध्यमिक तहको विद्यालय शिक्षा हासिल गरेको हुनुपर्ने आदि प्रावधानहरु छन् । बीबीसीका अरब मामिला सम्पादक सेबास्टिएन अशर भन्छन्, साउदी अरेबियाका महिलाहरुका हकमा यो फेरि अर्को पहिलो घटना भएको छ। तर देशका लागि युद्ध लड्ने अग्रमोर्चामा महिला सैनिकहरुले तुरुन्त लड्न जान भने पर्ने छैन । राजा सलमानको नामबाट यसअघि नै जारी अध्यादेश अनुसार आगामी जुन महिनादेखि महिलाहरुले सवारी साधन चलाउन पाउने भएका छन् ।

आवेदन माग गरिएका पदहरु अनुसन्धान विभाग अन्तर्गत छन् जसमा अपराध अनुसन्धान र लागू पदार्थ सम्बन्धी अपराध विरुद्धको संघर्ष जस्ता जिम्मेवारीहरु पर्दछन्। तिनीहरुले सवारी चालक र सडक नियम पालना सम्बन्धी कामहरु पनि गर्नु पर्नेछ। अब साउदी अरेबियामा महिलाहरुलाई पनि सवारी चालक अनुमति पत्र दिइने हुंदा तिनीहरुको कामको यो महत्वपूर्ण क्षेत्र हुनसक्छ।

रुपान्तरण

यो सबै युवा युवराज मोहम्मद बिन सलमानले आर्थिक र सामाजिक रुपान्तरणका लागि थालनी गरेका एक महत्वाकांक्षी परियोजनाको भाग हो। राजा सलमानको नामबाट यसअघि नै जारी अध्यादेश अनुसार आगामी जुन महिनादेखि महिलाहरुले सवारी साधन चलाउन पाउने भएका छन्।त्यसैगरी गत महिना देखि फुटबल प्रतियोगिताहरुमा महिला दर्शकहरुलाई पनि सहभागी हुन अनुमति दिइएको थियो। साउदी अरेबिया भित्र र बाहिरकाहरुलाई परिवर्तनको गतिले अचम्भित तुल्याउन कायमै राखेको छ।

विशेष गरी युवा साउदीहरुले सरकारको नयां कदमलाई उत्साहपूर्वक स्वागत गर्ने गरेका छन् । तर यी परिवर्तनका आलोचकहरु पनि छन् जो हालको साउदी रणनीति, खासगरी विदेशनीतिको सन्दर्भमा, जोखिमको नयां अंश देख्‍ने गर्छन् । (बीबीसी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बदर मत दिन सिकाउने सिके राउतका कार्यकर्ता पक्राउ
दोस्रो चरणमा कहाँ कहाँ हुँदैछ निर्वाचन ?
दोस्रो चरणमा कहाँ कहाँ हुँदैछ निर्वाचन ?
भावी प्रधानमन्त्रीको उम्मेद्धवार घोषणा गरेर चुनावमा जानुपर्छ’ : कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समिति
भावी प्रधानमन्त्रीको उम्मेद्धवार घोषणा गरेर चुनावमा जानुपर्छ’ : कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समिति
Nepali cricketers in ICC  ODI  ranking
Nepali cricketers in ICC ODI ranking
नवनियुक्त मन्त्रीद्वार शपथ ग्रहण
नवनियुक्त मन्त्रीद्वार शपथ ग्रहण
विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन
विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ नगर्न प्रधानमन्त्रीको निर्देशन
जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड
जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड
विप्लव समूहको देशैभरि बम आतंक
विप्लव समूहको देशैभरि बम आतंक
नेपाल र भारत बीच फुटबल, कसले मार्ला बाजी ?
नेपाल र भारत बीच फुटबल, कसले मार्ला बाजी ?
तिलोत्तमा गोल्डकपको उपाधि रुस्लान थ्रीस्टार क्लवले चुम्यो (हेर्नुहोस् १९ तस्वीरमा)
तिलोत्तमा गोल्डकपको उपाधि रुस्लान थ्रीस्टार क्लवले चुम्यो (हेर्नुहोस् १९ तस्वीरमा)

तपाईंले छुटाउनुभयो कि?