सामान पास गर्न सजिलो बनाइदिन्छु भन्दै घुस खाने प्रहरीलाई भ्रष्टाचार मुद्दा
सारांश
- काठमाडौं ।
- प्रहरी चौकी औरही महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रामनरेश साह तेलीले नेपाल भारत सीमा बजारबाट समान ल्याउँदा सजिलो बनाइदिने भन्दै १० हजार घुस माग्नेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
- भारतबाट घरमा प्रयोग गर्ने इलेक्ट्रोनिक लगायतका सामानहरू ल्याउँदा सीमानामा सजिलो बनाइदिने बहानामा घुस मागेका थिए ।
काठमाडौं । प्रहरी चौकी औरही महोत्तरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रामनरेश साह तेलीले नेपाल भारत सीमा बजारबाट समान ल्याउँदा सजिलो बनाइदिने भन्दै १० हजार घुस माग्नेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
भारतबाट घरमा प्रयोग गर्ने इलेक्ट्रोनिक लगायतका सामानहरू ल्याउँदा सीमानामा सजिलो बनाइदिने बहानामा घुस मागेका थिए ।
उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साह तेलीले सेवाग्राहीसँग १० हजार घुसबापत लिएको भेटाएको थियो ।
घुस रकम लिने कार्यमा मतियारको भूमिका खेली भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले १० हजार रुपैयाँ मागदाबी सहित अख्तियारले विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको छ ।
प्रतिक्रिया