साहुको रिसले छोरा मारेर प्रहरीसँगै आफैले बालक खोजेजस्तो गर्दै सघाएपछि…

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
५८ पटक हेरिएको
Shares
साहुको रिसले छोरा मारेर प्रहरीसँगै आफैले बालक खोजेजस्तो गर्दै सघाएपछि…

सारांश

  • काठमाडौं ।
  • एक चालकले बच्चाको बाबुसँग जागिरको बारेमा भएको सानो विवादबाट उत्पन्न रिसको साटो फेर्न ८ वर्षे बच्चालाई मारेका छन् ।
  • गोंगबुको स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कुँवरका ८ वर्षीय छोरा प्रयासलाई गेष्ट हाउसकै ड्राइभरले हत्या गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं । एक चालकले बच्चाको बाबुसँग जागिरको बारेमा भएको सानो विवादबाट उत्पन्न रिसको साटो फेर्न ८ वर्षे बच्चालाई मारेका छन् ।

गोंगबुको स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रविण कुँवरका ८ वर्षीय छोरा प्रयासलाई गेष्ट हाउसकै ड्राइभरले हत्या गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार स्याङ्जा भिरकोट नगरपालिका ७ घर भई हाल काठमाडौं २६ मित्रनगर बस्ने २२ वर्षका महेन्द्र एसके (सार्की)ले गेष्ट हाउसका साहुसँग जागीरको विषयमा सानो विवाद भएपछि बालकको अपहरण गरी हत्या गरेका हुन् ।

गेष्ट हाउसका सञ्चालक दम्पत्तीले चालक सार्कीलाई बालक अपहरण र हत्याको शंका पनि गरेका थिएनन् । उनी एक महिनादेखि त्यस गेष्ट हाउसमा सवारी चालकका रुपमा काम गर्दै आएका थिए । बालक बेपत्ता भएको प्रहरीमा उजुरी परेपछि दुई दिनदेखि खोजेको थियो । प्रहरी र परिवारसँगै बालक खोज्न सार्कीसमेत हिडेका थिए ।

चालक सार्कीको बयानका आधारमा प्रहरीले खोजी गर्दा गोंगबु म्हैपी पुलमुनि बालकको मृत अवस्थामा झोलामा राखिएको फेला परेका थिए ।

सार्कीले दिएको बयान अनुसार गेष्ट हाउस सञ्चालक जागिरबाट निकालिदिने चेतावनी दिएका थिए । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले बिहीबार दिउँसो पक्राउ गरी सोधपुछ गर्दा रहस्या खुलेको हो । अनुसन्धान बाँकी रहेको र प्रारम्भिक अनुसन्धानमा बाउको रिसले हत्या गरेको स्वीकार गरेको छ ।

मंसिर ११ गते बालकका बाबुआमा स्वास्थ्य जाँचका लागि अस्पताल गएका थिए । त्यही बेला होटलमा कोही नभएको मौका पारी चकलेट देखाएर लोभाइ आफैले चलाउने गाडीमा हाली अपहरण गरेका थिए ।

केही समयपछि बेलुका पौने ७ बजेतिर नागार्जुन जंगलमा लगेर नाकमुख थुनेर घाँटी थिची हत्या गरेर झोलामा हाली फालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव सभ्यताको विकाससँग जोडिएका सांस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष नेपाल
मानव सभ्यताको विकाससँग जोडिएका सांस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष नेपाल
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल
प्रस्तावित न्यायाधीशबारे केही उजुरी, गुनासा छन् भने आह्वान भयो
प्रस्तावित न्यायाधीशबारे केही उजुरी, गुनासा छन् भने आह्वान भयो
कंगना रनौट भन्छिन् : कलाकारलाई सेक्सको कुरा गर्दा लाज हुँदैन, देशको कुरा गर्दा टाउको दुख्छ
कंगना रनौट भन्छिन् : कलाकारलाई सेक्सको कुरा गर्दा लाज हुँदैन, देशको कुरा गर्दा टाउको दुख्छ
विदेशबाट आएका ६२ नेपालीलाई क्वारेन्टाइनमा पुर्याइयो
विदेशबाट आएका ६२ नेपालीलाई क्वारेन्टाइनमा पुर्याइयो
पुरूष वेश्याकाे पिडा: प्रत्येक पटकको उफ्राईमा शरीर भरी चिथोर्छन्
माधव नेपालले भने; ‘ओलीलाई हामीले सुध्रिनको लागि अन्तिम मौका दिईरहेका छौं’
माधव नेपालले भने; ‘ओलीलाई हामीले सुध्रिनको लागि अन्तिम मौका दिईरहेका छौं’
मंसिर ३ गते मंगलबारको राशिफल यस्तो छ
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता !
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता !
कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुपर्‍यो : अध्यक्ष ओली
कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुपर्‍यो : अध्यक्ष ओली

तपाईंले छुटाउनुभयो कि?