३५ वर्षपछि पेरू विश्वकपमा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १, २०७४
|
|
४१ पटक हेरिएको
Shares
३५ वर्षपछि पेरू विश्वकपमा

सारांश

  • सन् १९८२ पछि पेरू विश्वकपमा छनोट हुँदा प्ले अफमा न्युजिल्यान्ड २–० ले पराजित – पेरुले ३५ वर्षपछि विश्वकप फुटबल प्रतियोगिताको स्थान सुरक्षित गरेको छ ।
  • पेरुले बुधबार प्ले अफमा न्युजिल्यान्डलाई २–० ले हराउँदै विश्वकपको स्थान पक्का गरेको हो ।
  • विश्वकपमा छनोट हुने पेरु अन्तिम राष्ट्र हो ।

सन् १९८२ पछि पेरू विश्वकपमा छनोट हुँदा प्ले अफमा न्युजिल्यान्ड २–० ले पराजित –

पेरुले ३५ वर्षपछि विश्वकप फुटबल प्रतियोगिताको स्थान सुरक्षित गरेको छ । पेरुले बुधबार प्ले अफमा न्युजिल्यान्डलाई २–० ले हराउँदै विश्वकपको स्थान पक्का गरेको हो । विश्वकपमा छनोट हुने पेरु अन्तिम राष्ट्र हो । पेरुको छनोट भएलगत्तै अर्को वर्ष रसियामा हुने विश्वकपमा सहभागिता जनाउने ३२ राष्ट्रको छिनोफानो भएको छ । दुवैबीच पहिलो लेग गोलरहित बराबरी भएको थियो ।

पेरूमा राष्ट्रिय उत्सव
लगभग साढे तीन दशकपछि विश्वकपमा पुगेपछि पेरुमा राष्ट्रिय उत्सवजस्तै माहोल बनेको छ । राष्ट्रपति पेड्रो कुजेस्कीले न्युजिल्यान्डमाथिको ऐतिहासिक जितपछि पेरुमा राष्ट्रिय दिवस मनाउने घोषणा गरेका छन् । ‘धेरै समयपछि पेरुका जनता खुसी भएका छन्, म व्यक्तिगत रूपमा फुटबललाई धन्यवाद दिन चाहन्छु,’ राष्ट्रपति पेड्रोले ट्विटरमा लेखेका छन्, ‘अब म पनि जनतासँगै खुसी मनाउनेछु ।’ सन् १९८२ मा पेरुले अन्तिमपटक विश्वकपमा सहभागिता जनाएको थियो । त्यसयता पेरु दक्षिण अमेरिकी विश्वकपमा छनोट भएको थियो । यसपटक पाँचौँ स्थानमा रहँदै पेरुले प्ले अफ खेल्ने अवसर पाएको थियो । पेरु पाँचौँ स्थानमा रहँदा लगातार दुईपटकको कोपा अमेरिका विजेता चिली स्तब्ध भएको थियो ।

रातभरि सडकमा खुसियाली
पेरुले लिमामा सानदार जित निकालेपछि मुख्य सडकमा हजारौँ समर्थकले विजयी उत्सव मनाएका छन् । पेरुका फुटबल समर्थकले पछिल्लो शक्तिशाली भूकम्पसमेत भुलाएका छन् । ‘विश्वकपमा छनोट भएपछि हामीले लिमामा आएको भूकम्प भुलेका छौँ,’ पेरुका समर्थकहरूले भने, ‘हामीले फुटबलमा अर्को शक्तिशाली भूकम्प ल्याएका छौँ, जुन अघिल्लोपटकभन्दा निकै शक्तिशाली छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह
हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह
विश्वभर तेलको मुल्यमा भारी मात्रामा बृद्धि, २८ वर्षको कीर्तिमान तोडियो
विश्वभर तेलको मुल्यमा भारी मात्रामा बृद्धि, २८ वर्षको कीर्तिमान तोडियो
हावाहुरीले विद्युत्को तार चुडाउँदा करेन्ट लागेर मृत्यु
हावाहुरीले विद्युत्को तार चुडाउँदा करेन्ट लागेर मृत्यु
ढाकाकुमार श्रेष्ठको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा
ढाकाकुमार श्रेष्ठको रिट न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा
हामी सबै एकै हौ, महिलाका लागि मात्रै भनेर बेग्लै लाइन अथवा सुरक्षित सिट किन ?
हामी सबै एकै हौ, महिलाका लागि मात्रै भनेर बेग्लै लाइन अथवा सुरक्षित सिट किन ?
‘हिम्मतवाली’का हिरो सुदर्शन गौतमको इन्टरपोलले खोज्यो थप प्रमाण
‘हिम्मतवाली’का हिरो सुदर्शन गौतमको इन्टरपोलले खोज्यो थप प्रमाण
रासायनिक विषादीको विकल्पमा मलमूत्र प्रयोग
रासायनिक विषादीको विकल्पमा मलमूत्र प्रयोग
बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ सार्वजनिक हुँदै
बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘हिल्ड’ सार्वजनिक हुँदै
चितवनमा प्रत्यक्षतर्फको भन्दा समानुपातिक तर्फको बदर मत प्रतिशत बढी
चितवनमा प्रत्यक्षतर्फको भन्दा समानुपातिक तर्फको बदर मत प्रतिशत बढी
असुरक्षित बन्दै डोटीका सडक
असुरक्षित बन्दै डोटीका सडक

तपाईंले छुटाउनुभयो कि?