सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहर उठाउन माग गर्दै सर्वोच्चमा रिट

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख ५, २०८०
|
|
४९ पटक हेरिएको
Shares
सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहर उठाउन माग गर्दै सर्वोच्चमा रिट

सारांश

  • काठमाडौं।
  • सर्वोच्च अदालतमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहर उठाउन माग गर्दै रिट निवेदन दायर गरिएको छ।
  • काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ आज अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा रिट निवेदनमा उक्त माग गरिएको छ।

काठमाडौं। सर्वोच्च अदालतमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री आवास क्षेत्रको फोहर उठाउन माग गर्दै रिट निवेदन दायर गरिएको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ आज अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमा रिट निवेदनमा उक्त माग गरिएको छ।

काठमाडौँ महानगरपालिकाले फोहर नउठाउने निर्णय गरेपछि फोहर धेरै समय थुप्रिँदा रोग र दुर्गन्ध फैलिने भएकाले तत्काल फोहर उठाउन अन्तरिम आदेश माग रिट निवेदनमा गरिएको छ।

रिट निवेदनमा भनिएको छ, “काठमाडौं महानगरपालिकाले काठमाडौंको सिंहदरबार क्षेत्रभित्र, राष्ट्रपतिको कार्यलयको क्षेत्रभित्र, प्रधानमन्त्रीको आवास क्षेत्रभित्रको फोहरमैला सङ्कलन नगर्ने कुनै निर्णय गरेको भए उक्त निर्णय उत्प्रेषणको आदेशले बदर गरी पाऊँ।”

रिट निवेदनमा स्थानीय सरकार र सङ्घीय सरकारका बीचमा समन्वय हुनुपर्ने र मिलेर फोहर व्यवस्थापनको काम गर्नुपर्ने उल्लेख छ। काठमाडौं महानगरपालिकाको कार्यालय स्थानीय निकाय भएकाले नेपालको संविधानको धारा ३० मा प्रत्येक व्यतिm स्वच्छ र स्वस्थ्य वातावरणमा बाच्न पाउने हक भएको छ।

फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३ र ४ बमोजिम स्वच्छ वातावरण कायम गर्नको लागि आफ्नो क्षेत्रभित्र फोहर सङ्कलन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको भएकाले कानुन विपरित आजसम्म फोहर सङ्कलन नगरेकाले उक्त क्षेत्रको वातावरण प्रदूषित भई वातावरणमा असर पर्ने भएकाले तत्काल सङ्कलन गरी ल्याण्डफिल्ड साइडमा लानु र नियमित फोहर सङ्कलन र विसर्जन गर्ने कार्य गर्न गराउनु आदेश रिट निवेदनमा माग गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्री र युएसएआइडीका प्रशासकबीच भेटवार्ता, यस्ताे भयाे छलफल
परराष्ट्रमन्त्री र युएसएआइडीका प्रशासकबीच भेटवार्ता, यस्ताे भयाे छलफल
काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा विप्लवको नियन्त्रणमा
काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा विप्लवको नियन्त्रणमा
प्रधानन्यायाधीश पराजुली ‘पदमुक्त’ भएपछि सर्वोच्चमा कामु जोशी, इजलास बहिष्कार गरेका न्यायाधीश फर्के
प्रधानन्यायाधीश पराजुली ‘पदमुक्त’ भएपछि सर्वोच्चमा कामु जोशी, इजलास बहिष्कार गरेका न्यायाधीश फर्के
पेटिकाेट प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप
पेटिकाेट प्रदर्शनमा प्रहरीकाे हस्तक्षेप
पत्रकारितासँगै निर्देशनमा पनि ल्हाक्पा शेर्पा…
पत्रकारितासँगै निर्देशनमा पनि ल्हाक्पा शेर्पा…
मेचीपारिका विद्यालय बन्द भएपछि भारत गएर पढ्न बाध्य बालबालिका
मेचीपारिका विद्यालय बन्द भएपछि भारत गएर पढ्न बाध्य बालबालिका
तालमेलले ब्युरोक्रेसी उत्साहित
तालमेलले ब्युरोक्रेसी उत्साहित
३९–४० डिग्रीसम्म अत्यधिक गर्मीले मध्य तथा पूर्वी तराईको जनजीवन कष्टकर !
प्रस्तावित प्रधानन्यायाधीश जोशीको प्रमाण जुटाउने जिम्मा  योगेश भट्टराईलार्इ
प्रस्तावित प्रधानन्यायाधीश जोशीको प्रमाण जुटाउने जिम्मा योगेश भट्टराईलार्इ
माथिल्लो तामाकोशी आयोजना ःगाउँ गाउँमा स्वयंसेवक जाने,  काठमाडौँबाटै शेयर भर्न पाइने
माथिल्लो तामाकोशी आयोजना ःगाउँ गाउँमा स्वयंसेवक जाने, काठमाडौँबाटै शेयर भर्न पाइने

तपाईंले छुटाउनुभयो कि?