सिन्धुलीका दुई गाउँपालिकाको मतपेटिका आज ल्याइने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • सिन्धुली – सिन्धुलीका दुई गाउँपालिकाको मतपेटिका आज बिहान मात्र ल्याइने भएको छ ।
  • हरिहरपुरगढी, मरिण गाउँपालिकाको मतपेटिका आज ल्याइने भएको हो ।
  • बिहीबार साँझ ७ बजेतिर हरिहरपुरगढी गाउँपालिका–७ भुताहाबाट सिन्धुलीमाडीतर्फ मतपेटिका बोकी ल्याउँदै गरेको गाडी लक्षित गरी बम विस्फोट गराइएपछि मतपेटिका मतदान केन्द्रमा नै रोकिएका थिए ।

सिन्धुली – सिन्धुलीका दुई गाउँपालिकाको मतपेटिका आज बिहान मात्र ल्याइने भएको छ । हरिहरपुरगढी, मरिण गाउँपालिकाको मतपेटिका आज ल्याइने भएको हो ।

बिहीबार साँझ ७ बजेतिर हरिहरपुरगढी गाउँपालिका–७ भुताहाबाट सिन्धुलीमाडीतर्फ मतपेटिका बोकी ल्याउँदै गरेको गाडी लक्षित गरी बम विस्फोट गराइएपछि मतपेटिका मतदान केन्द्रमा नै रोकिएका थिए ।

कच्ची ग्रामीण सडक र रातिको यात्रामा थप जोखिम हुने भन्दै मतपेटिका सिन्धुलीमाडी नल्याइएको हो । अब हरिहरपुरगढी गाउँपालिकाका नौ मतदानस्थलका १८ मतदान केन्द्रका मतपेटिका र मरिण गाउँपालिकामा रहेका नौ मतदानस्थलका १९ मतदान केन्द्रका मतपेटिका ल्याउन बाँकी रहेको छ ।

कच्ची सडकमा राति मतपेटिका ल्याउन खतरा हुने भन्दै राति मतपेटिका नल्याइएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । सडकका केही स्थानमा शंकास्पद वस्तु तथा जोखिम देखिएपछि मतपेटिकालाई सुरक्षाकर्मी कै निगरानीमा सुरक्षित साथ राखिएको उनले जानकारी दिए ।

दुवै गाउँपालीकाबाट मतपेटिकालाई जोखिमयुक्त स्थानमा पूर्वतयारीका साथ मतपेटिका ल्याइने प्रजिअ दाहालको भनाइ छ । ती गाउँपालिकामा मतपेटिका ल्याउन आवश्यक सुरक्षा रणनीतिसहित आज दिउँसोसम्ममा मतपेटिका सदरमुकाम आइपुग्ने उनले बताए ।

सिन्धुलीमा मतदान शान्तिपूर्वक सम्पन्न भए पनि हरिहरपुरगढी गाउँपालिकामा मतपेटिका ल्याउन केही समस्या देखिएको र थप क्षति हुन सक्नेतर्फ सचेत भई आवश्यक सुरक्षाकर्मीको टोली परिचालन गरी मतपेटिका ल्याइने बताइएको छ ।

कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, फिकल गाउँपालिका, गोलन्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका र घ्याङलेख गाउँपालिकामा रहेका मतदान केन्द्रबाट मतपेटिका रातभरिमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याई पु¥याईएको निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिए ।

आज बिहानभरमा मतपेटिका सिन्धुलीमाडीमा ल्याइने र दिउँसोबाट मात्र मतगणना शुरु हुने बताइएको छ । सिन्धुलीमा २४० मतदान केन्द्र रहेका थिए । सिन्धुलीमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ६५ प्रतिशत मतदान भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोन्ली प्लानेटले छान्यो नेपालका उत्कृष्ट पदयात्रा मार्ग
लोन्ली प्लानेटले छान्यो नेपालका उत्कृष्ट पदयात्रा मार्ग
भारतीय गृहमन्त्रीसंग प्रचण्डले राखे यस्ताे प्रस्ताव !
भारतीय गृहमन्त्रीसंग प्रचण्डले राखे यस्ताे प्रस्ताव !
भ्रष्टाचार ठहर सुभाषलाई जेल नबसी उम्कने बाटो खुलेपछि…
भ्रष्टाचार ठहर सुभाषलाई जेल नबसी उम्कने बाटो खुलेपछि…
रुस र युक्रेनको श्रम स्वीकृति स्थगन
रुस र युक्रेनको श्रम स्वीकृति स्थगन
उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने
उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने
आज ३० गते विहिबारको राशीफल यस्तो छ, थाहा पाउनुस् राशीले के भन्छ आज ?
नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै
नवरात्रको अन्तिम दिन : सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै
कस्ले राख्यो टिचिङ अस्पतालमा रहेको ‘लकर’मा पेस्तोल ?
कस्ले राख्यो टिचिङ अस्पतालमा रहेको ‘लकर’मा पेस्तोल ?
1xbet 1хбет: бонус при регистрации 25000 Обзор и отзывы о 1xbet. Ставки на футбол, теннис, бокс. Вход на 1 Икс Бе
नेकपा : पूर्वएमाले खरो, माओवादी नरम, बिहान ८ बजे नै स्थायी समिति बैठक
नेकपा : पूर्वएमाले खरो, माओवादी नरम, बिहान ८ बजे नै स्थायी समिति बैठक

तपाईंले छुटाउनुभयो कि?