सिरहाका होटल सञ्चालक पक्राउ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र ७, २०७५
|
|
५७ पटक हेरिएको
Shares
सिरहाका होटल सञ्चालक पक्राउ

सारांश

  • काठमाडौं ७,चैत ।
  • होटलभित्र अवैधरूपमा अश्लील कार्य सञ्चालन गरेको आरोपमा प्रहरीले सिरहाको मिर्चैयास्थित एक होटल सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाएको छ।
  • होटलभित्र अवैध यौनजन्य क्रियाकलाप सञ्चालन गरेको भन्दै प्रहरीले राहुल होटलका सञ्चालक सञ्जय ठाकुर र ललिता ठाकुर शर्मालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको हो ।

काठमाडौं ७,चैत । होटलभित्र अवैधरूपमा अश्लील कार्य सञ्चालन गरेको आरोपमा प्रहरीले सिरहाको मिर्चैयास्थित एक होटल सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाएको छ। होटलभित्र अवैध यौनजन्य क्रियाकलाप सञ्चालन गरेको भन्दै प्रहरीले राहुल होटलका सञ्चालक सञ्जय ठाकुर र ललिता ठाकुर शर्मालाई पक्राउ गरी सार्वजनिक अपराध मुद्दा चलाएको हो ।

होटलभित्र अवैधरूपमा युवती राखेर यौन क्रियाकलाप गराइरहेको स्थानीयवासीको गुनासोपश्चात् सञ्चालकलाई पक्राउ गरी मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक दिनेश गौतमले जानकारी दिए।

पछिल्लोपटक गत सोमबार राति काठमाडौँबाट आएका दुई युवक उक्त होटलमा कोठा भाडा लिएर बास बसेको र बिहान पैसा तीर्ने विषयमा होटल सञ्चालक र युवाबीच झगडा भएको थियो। सो क्रममा एक युवक होटलको तेस्रो तलाबाट स्थानीय शम्भु साहको घरको छतमा हामफालेपछि युवकको खुट्टा भाँच्चिएपश्चात् यस्तो रहस्य बाहिर आएको स्थानीयवासीले बताएका छन्।

होटल सञ्चालक सञ्जय र ललिताविरुद्ध सार्वजनिक मुद्दा दायर गरी थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गौतमले बताए। यसअघि पनि ती होटल सञ्चालकमाथि मुद्दा चलाइएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिश्मसका लागि अमेरिकी सांसदहरु घरतर्फ, कर्मचारीले पाएनन् तलव
क्रिश्मसका लागि अमेरिकी सांसदहरु घरतर्फ, कर्मचारीले पाएनन् तलव
तिमिल्सिना ले गरे पहिलो उम्मेद्वारि दर्ता ।
तिमिल्सिना ले गरे पहिलो उम्मेद्वारि दर्ता ।
मिडिया काउन्सिल विधेयक सुधार गरिनु सकारात्मक : अध्यक्ष थापा
मिडिया काउन्सिल विधेयक सुधार गरिनु सकारात्मक : अध्यक्ष थापा
एनसेलका पे एज यु गो प्रयोगकर्तालाई डेटा बोनस
एनसेलका पे एज यु गो प्रयोगकर्तालाई डेटा बोनस
सुन्धाराको डान्सबारमा काम गर्ने युवतीको रहस्यमय मृत्यु
सुन्धाराको डान्सबारमा काम गर्ने युवतीको रहस्यमय मृत्यु
मानवअधिकारको संरक्षणले मात्रै शासन प्रणाली बलियो हुन्छ : राष्ट्रपति पौडेल
मानवअधिकारको संरक्षणले मात्रै शासन प्रणाली बलियो हुन्छ : राष्ट्रपति पौडेल
नेपाललाई चीनको १५ अर्ब, केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने
नेपाललाई चीनको १५ अर्ब, केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने
बौद्ध स्तूपमा ढल निर्माण गर्ने मेयर शाक्यकाे अाश्वासन !
बौद्ध स्तूपमा ढल निर्माण गर्ने मेयर शाक्यकाे अाश्वासन !
चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना
उडिरहेको एक विमानको शौचालयमा ‘बम नोट’ भेटिएपछि आपत्कालीन अवतरण
उडिरहेको एक विमानको शौचालयमा ‘बम नोट’ भेटिएपछि आपत्कालीन अवतरण

तपाईंले छुटाउनुभयो कि?