सिराहामा गाेलि चल्याे !
सारांश
- सिराहा, ५ साउन ।
- सिरहाको धनगढीमाई नगरपालिकामा एक युवकमाथि शुक्रबार राति गोली प्रहार भएको छ।
- धनगढीमाई नगरपालिका वडा नम्बर ९ घर भएका ३० वर्षीय प्रदीप यादव माथि वडा नम्बर १३ स्थित भर्लेनी भन्ने स्थानमा गोली प्रहार भएको प्रहरीले जनाएको छ।
सिराहा, ५ साउन । सिरहाको धनगढीमाई नगरपालिकामा एक युवकमाथि शुक्रबार राति गोली प्रहार भएको छ। धनगढीमाई नगरपालिका वडा नम्बर ९ घर भएका ३० वर्षीय प्रदीप यादव माथि वडा नम्बर १३ स्थित भर्लेनी भन्ने स्थानमा गोली प्रहार भएको प्रहरीले जनाएको छ।
स८प ३१९१ नम्बरको मोटरसाइकल मा सवार यादवलाई ५/६ जनाको संख्यामा रहेको समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। उनको बायाँ हत्केलामा गोलीको छर्रा लागेको छ। उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको छ भने घटनामा संलग्न रहेको आशंकामा प्रहरीले धनगढीमाई नगरपालिका–९ निवासी बेचन महतोलाई पक्राउ गरेको छ। संलग्न अन्य व्यक्तिको खोजी भइरहेको छ । बिहारमा जताततै किन्न सकिने हतियारको कारण तराई मा दिनहुँ जस्तो गोलि काण्ड हुनेगरेको छ ।
प्रतिक्रिया