हामी भारत–चीन परस्त होइनौं, नेपाल परस्त हौं : प्रचण्ड

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २१, २०७४
|
१
|
५८ पटक हेरिएको
Shares
हामी भारत–चीन परस्त होइनौं, नेपाल परस्त हौं : प्रचण्ड

सारांश

  • भरतपुर, पुस २१ ।
  • पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू र बाम गठबन्धन भारत र चीन परस्त नभई नेपाल परस्त भएको बताए ।
  • ‘२४० वर्षसम्म शक्तिको स्रोत राजा महाराजालाई भनियो, जनतालाई त्यही सिकाइयो ।

भरतपुर, पुस २१ । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू र बाम गठबन्धन भारत र चीन परस्त नभई नेपाल परस्त भएको बताए ।

‘२४० वर्षसम्म शक्तिको स्रोत राजा महाराजालाई भनियो, जनतालाई त्यही सिकाइयो । उनीहरु कहिले चीनतिर ढल्किए, कहिले भारततिर फर्किए’ भरतपुर महानगरपालिकाको पहिलो नगर सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले हामी त्यो जमानामा छैनौं, गणतन्त्रको युगमा छौं, हामी कसैको अधिनस्थ छैनौं, सार्वभौम अधिकार जनतामा सुरक्षित छ । हामी बामपन्थीहरुको स्वतन्त्र विदेश नीति छ, त्यसैका आधारमा बामपन्थी सरकार अघि बढ्छ । हामी भारतपरस्त पनि होइनौं, चीनपरस्त पनि होइनौं, नेपाल परस्त मात्र हौं ।’

‘अघि कांग्रेसका नेताहरुले मलाई भावी प्रधानमन्त्री भने । तर, म गठबन्धनलाई बलियो बनाएर अघि बढ्ने पक्षमा छु’ प्रचण्डले भने, ‘तपाईं मिल्नेलाई मिल्न दिनुस्, फुटाउनेतिर नलाग्नुस् । हामी फुट्दा फुट्दा देशको दुर्गति भयो, अब देश बनाउने बेला आएको छ । हामी कम्युनिष्टहरु मिल्दा तपाईहरु पनि खुसी हुनुस् । बरु तपाईं कांग्रेसहरु पनि मिल्नुस्, मिल्दा मात्र देशको हित हुन्छ, विकास र समृद्धिको चाहना पूरा हुन्छ । हामी सबै मिल्नेतिर लागौं, अब कसैलाई फुटाएर राजनीति गर्नेतिर नसोचौं ।’

‘राजनीतिक क्रान्ति नयाँ चरणमा पुग्यौं, अब हाम्रो कार्यभार आर्थिक समृद्धि र विकास हो । ६० वर्ष पहिले हाम्रै हाराहारीमा रहेका मुलूकहरु धेरै अगाडि बढे’ प्रचण्डले भने, ‘हामीले अब गम्भीर रुपमा सोच्नुपर्छ, जनताले पटकपटक अवसर दिँदैनन्, अहिले पनि जनताले दिएको अभिमतको सम्मान गर्न सकेनौं भने देश अप्ठ्यारोमा पर्न सक्छ । कर्मचारी साथीहरुले पनि आफूलाई जनताको शासक होइन, सेवक सम्झेर काम गर्नुस् ।’

नगरसभामा मेयर रेणु दाहालले आर्थिक वर्ष २०७४/०७५ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए । प्रस्तावित नीति, कार्यक्रममाथि शनिबारदेखि छलफल गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Man B. Katuwal

    Hami varat parsta tiyewu tara aile jantaa ko dabab le alikati para sare jhai vako xawu

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइएफआरसी महासचिवमा पहिलो नेपाली चापागाईंद्वारा पदभार ग्रहण
आइएफआरसी महासचिवमा पहिलो नेपाली चापागाईंद्वारा पदभार ग्रहण
देउवाको निर्णय उल्ट्याउँदै ओली: राष्ट्रियसभामा ३ जना सिफारिस, को–को ?
देउवाको निर्णय उल्ट्याउँदै ओली: राष्ट्रियसभामा ३ जना सिफारिस, को–को ?
Pin up Casino Online Az Azerbaijan Пин ап казино PinUp Rəsmi saytı Pin ap bet 3
न्यूनटनको चालसम्बन्धी तेस्रो नियम असफल बनाउने काे हुन यी नेपाली युवा वैज्ञानिक ?
न्यूनटनको चालसम्बन्धी तेस्रो नियम असफल बनाउने काे हुन यी नेपाली युवा वैज्ञानिक ?
मलाई माननीय नभन्नुहोला : महेश बस्नेत
मलाई माननीय नभन्नुहोला : महेश बस्नेत
समूद्री किनारमा मौनीका हट फोटोहरु
समूद्री किनारमा मौनीका हट फोटोहरु
ट्रम्पले फ्रेन्च राष्ट्रपतिको श्रीमतीलाई तपाईको फिगर राम्रो छ भनेपछि, ट्रम्प आलोचनाको शिकार भए
ट्रम्पले फ्रेन्च राष्ट्रपतिको श्रीमतीलाई तपाईको फिगर राम्रो छ भनेपछि, ट्रम्प आलोचनाको शिकार भए
डा. केसी पक्ष र सरकारबीच वार्ता प्रारम्भ
डा. केसी पक्ष र सरकारबीच वार्ता प्रारम्भ
राष्ट्रपति मुन उत्तर कोरिया भ्रमणमा, प्योङयाङमा भव्य स्वागत
राष्ट्रपति मुन उत्तर कोरिया भ्रमणमा, प्योङयाङमा भव्य स्वागत
ज्योतिष विज्ञान अनुसार राक्षण गणमा जन्मिने मानिसको स्वभाव र खुबी कस्तो हुन्छ ?
ज्योतिष विज्ञान अनुसार राक्षण गणमा जन्मिने मानिसको स्वभाव र खुबी कस्तो हुन्छ ?

तपाईंले छुटाउनुभयो कि?