सीपीएलः आज माडी र सौराहा भिड्दै
सारांश
- चितवनः पहिलो संस्करणको सीएमसी चितवन प्रिमियर लिग ९सीपीएल० टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज शनिबार एक खेल हुँदैछ।
- नारायणगढको क्याम्पा चौरमा हुने खेलमा आज माडी टाइगर्स र सौराहा स्याण्ड्स भिड्नेछन् ।
- खेल मध्यान्हबाट सुरु हुनेछ ।
चितवनः पहिलो संस्करणको सीएमसी चितवन प्रिमियर लिग ९सीपीएल० टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत आज शनिबार एक खेल हुँदैछ। नारायणगढको क्याम्पा चौरमा हुने खेलमा आज माडी टाइगर्स र सौराहा स्याण्ड्स भिड्नेछन् । खेल मध्यान्हबाट सुरु हुनेछ । माडी किशोर महत्तो र सौराहा सन्तोष न्यौपानेको कप्तानीमा मैदान उत्रनेछ ।
यस अघी शुक्रबार सम्पन्न उद्घाटन खेलमा राइट एण्ड एसोसिएट भरतपुर गुर्खाजले जीत हात पारेको थियो । भरतपुरले इच्छाकामना वारीयर्सलाई पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।
२५ गतेसम्म चल्ने प्रतियोगितामा चितवनका ५ टिमहरु भरतपुर गुर्खाज, सौराहा स्याण्ड्स , राप्ती ¥यापिडस,माडी टाइगर्स र इच्छाकामना वारियर्सको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा पाउनेछ । यस्तै बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै हरेक दिनको म्यान अफ दि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग ९इपीएल०को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । चितवन क्रिकेट संघ सह आयोजक रहेको यस किसिमको लिग चितवनमै पहिलो पटक आयोजना भएको हो ।
प्रतिक्रिया