रबि लामिछाने र निकिताको बिहे आज नगरकोटमा हुँदै

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ ३, २०७६
|
|
३८ पटक हेरिएको
Shares
रबि लामिछाने र निकिताको बिहे आज नगरकोटमा हुँदै

सारांश

  • काठमाडौं।
  • चर्चित संचारकर्मी रवि लामिछाने र निकिता पौडेलबीच शुक्रबार औपचारिक रुपमा विवाह हुँदैछ।
  • रविले अदालतबाट विवाह गरेको चार महिनापछि परम्परागत विवाह गर्न लागेका हुन्।

काठमाडौं। चर्चित संचारकर्मी रवि लामिछाने र निकिता पौडेलबीच शुक्रबार औपचारिक रुपमा विवाह हुँदैछ। रविले अदालतबाट विवाह गरेको चार महिनापछि परम्परागत विवाह गर्न लागेका हुन्।

पारिवारिक स्रोतका अनुसार रविले शुक्रबार नगरकोटको होटल मिष्टिक माउन्टेनमा परिवारका सदस्य र आफन्तको उपस्थितिमा विवाह गर्दैछन्। विवाहमा  रविले परिवारका सदस्य र आफन्तलाई मात्र बोलाएका छन्। विवाहको कार्यक्रम गोप्य राखिएको छ।

चर्चित संचारकर्मीसमेत रहेका रविले न्युज २४ कार्यक्रममा सिधा कुरा जनतासँग कार्यक्रम निकै लोकप्रिय छ। उक्त कार्यक्रममार्फत रविले ठूला समस्याको समाधान गर्नसमेत सहयोग गरेका छन्।  रविले चलचित्रकर्मी उद्धव पौडेलकी छोरी निकिता पौडेलसँग दोस्रो विवाह गर्न लागेका हुन्। निकिता यसअघि चलचित्र विकास बोर्डकी अध्यक्ष थिइन्।

गत माघ सात गते रवि र निकिताले अदालती विवाह गरेका थिए। अदालतमा कोर्ट म्यारिज गरेपछि रविले आफ्नो फेसबुक पेजमा ‘जीवनले नयाँ मोड लिएको, एक अर्काका परिवार, आफन्त र नागोताको छलफल र अनुमतिमा विवाह गरेको’ उल्लेख गरेका थिए।

उनले लेखेका थिए, ‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुवैप्रति जसरी मानसिक यातना नै हुने गरी अनवरत समाचार र खोजवीन चल्यो त्यसले हामीलाई एक अर्काको खाँचो पर्यो।’अदालती विवाह गरेपछि रविले लेखेका थिए, ‘यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो। कसैको चर्चा आलोचना, सुुझाव, ब्याख्यामा हामी अटाउन सकेनौं भने हामीलाई माफ गर्नु होला।

हाम्रो भोगाइ र तपाइँको सोचाइ नमिल्न सक्छ। हामी दुवैजना यो निर्णयबाट एकदमै खुशी छौं। र, हामी सबैबाट हाम्रो सखद दाम्पत्य जीवनकोलागि शुभकामना मात्र चाहन्छौं।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?