सुन तस्करीको नयाँ शैली: स्थलमार्ग र बटुवा प्रयोग

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र ४, २०८०
|
|
५१ पटक हेरिएको
Shares
सुन तस्करीको नयाँ शैली: स्थलमार्ग र बटुवा प्रयोग

सारांश

  • काठमाडौं ।
  • राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी र भन्सार विभाग चनाखो हुन थालेपछि सुन तस्करले नयाँ रुटबाट सुन तस्करी गर्न थालेका छन् ।
  • सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरेपछि तस्कर अन्य उपायमा लागेका हुन् ।

काठमाडौं । राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी र भन्सार विभाग चनाखो हुन थालेपछि सुन तस्करले नयाँ रुटबाट सुन तस्करी गर्न थालेका छन् ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरेपछि तस्कर अन्य उपायमा लागेका हुन् । विमानस्थलको भन्सार विभागमा कार्यरत कर्मचारी नै पक्राउ परेपछि तस्करको चेन पनि भत्किएको छ ।

मिलेमतोमा र घुस लेनदेन मिलाएर तस्करी हुँदै आएकोमा सरकारले कडाइ गरेपछि तस्करले हवाइ मार्ग छाडेर स्थलमार्गबाट तस्करी गर्न थालेका छन् ।

तस्करले चीनबाट नेपालमा सुन भित्र्याउन कुनै मालवाहक गाडीको प्रयोग नगरीकन सामान्य व्यक्तिलाई हिँडाएर सुन तस्करी गराउन थालेका छन् ।

सिन्धुपाल्चोकको गोसाइकुण्ड गाउँपालिका–५, स्याफ्रुबेंसीबाट प्रहरीले पैदलयात्री सुदीप शेर्पालाई बिस्कुट आकारको २ थानमा लुकाइछिपाइ ल्याएको सो धातुसहित फेला पारेपछि तस्करको नयाँ शैली बाहिरिएको हो । प्रहरीले जाँच गर्ने क्रममा टिमुरेबाट स्याफ्रुबेंसीतर्फ आउँदै गरेका सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–५ पोखरी बस्ने २४ वर्षीय सुदीप शेर्पा पक्राउ परेका हुन् ।

शेर्पाबाट २ केजी सुन बरामद गरिएको थियो । उनीसँगै सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ बस्ने फुस्याङबु शेर्पा पनि पक्राउ परेका छन् ।

सुरुमा सुदीप शेर्पा पक्राउ परेकोमा पनि उनका भिनाजु नाता पर्ने फुस्याङबु शेर्पा समेतको संलग्नता रहेको खुल्न आएपछि रसुवाको टिमुरेबाट फुस्याङबु शेर्पालाई समेत प्रहरीले पक्राउ गरेको हो ।

यसैबीच, चिनियाँ, नेपाली र भारतीय तस्करले भित्र्याएको सय केजी सुन गालेर पगालेर गुणस्तर परीक्षण गर्दा शतप्रतिशत शुद्ध सुन रहेको पाइएको छ ।

हङकङबाट ‘ब्रेक–सु’को आवरणमा भित्र्याइएको सुन बरामद गर्दा ब्रेक सुसहित १ सय ५५ किलो र त्यसमा लगभग सय केजी सुन हुनुपर्ने भनिए तापनि गालेर हेर्दा ६० किलो ७ सय ८९ ग्राम मात्र सुन पाइएको थियो । यो सुन हालसम्म बरामद गरिएका मध्ये सबैभन्दा शुद्ध सुन भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले गुणस्तर परीक्षण गर्दा सो सुन ९९ दशमलव ९ प्रतिशत शुद्ध रहेको पुष्टि भएको पाइएको हो ।

‘ब्रेक–सु’बाट निकाल्दा सुनको परिमाण ६० किलो ७ सय ८९ ग्राम कायम भएकोमा त्यसलाइ अझ गालेर बिस्कुटको आकार दिँदा ६० किलो ७ सय १६ ग्राम कायम भएको थियो । यति राम्रो गुणस्तरीय सुन पाएपछि नेपाल राष्ट्र बैंकले यो सुन असर्फी बनाउन उपयोग गर्न सकिने योजना बुन्न थालेको छ । सुनको सिक्का (असर्फी)का लागि सबैभन्दा उच्च गुणस्तरको सुन चाहिने भएकाले यस्तो सोच बनाइएको हो ।

बरामद गरेर ल्याइएको सुन अनुसन्धान प्रक्रिया टुंगिसकेपछि उक्त सुन राष्ट्र बैंकले खरिद गर्ने प्रावधान रहेको छ । यसरी, सरकारसँग सुन खरिद गर्दा राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा ५ प्रतिशत बढी रकम दिनुपर्नेहुन्छ । यो मुद्दाको अदालती प्रक्रिया पूरा सकिसकेपछि सो सुनको मूल्यबराबरको रकम सरकारको खातामा राजस्वका रूपमा जम्मा हुन्छ भने सुन राष्ट्र बैंकमा सञ्चितीका रूपमा रहन्छ । यस्तो सुनबाट राष्ट्र बैंकले असर्फी बनाउने र बिक्री वितरणसमेत गर्ने गर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुगलमा ‘इडियट’ खोज्दा ट्रम्पका फोटा !
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
निर्वाचनकाे मुखमा राजपामा विवाद, बहुराष्ट्रवादको विषयले बढायाे असन्तुष्टि, शीर्ष नेता अाराेप–प्रत्याराेपमा
निर्वाचनकाे मुखमा राजपामा विवाद, बहुराष्ट्रवादको विषयले बढायाे असन्तुष्टि, शीर्ष नेता अाराेप–प्रत्याराेपमा
तेस्रो पटक अदालतमा उभिएका ट्रम्पले भने, ‘म निर्दोष छु’
तेस्रो पटक अदालतमा उभिएका ट्रम्पले भने, ‘म निर्दोष छु’
सुकीबाट नेपाल र म्यान्मा व्यापारमा जोड
सुकीबाट नेपाल र म्यान्मा व्यापारमा जोड
आजको विनिमयदर र नेपाली बजारमा विदेशी मुद्राको कारोबार बारे जान्नुपर्ने पाँच तथ्य
आजको विनिमयदर र नेपाली बजारमा विदेशी मुद्राको कारोबार बारे जान्नुपर्ने पाँच तथ्य
भदौ २६ गते शुक्रवारको राशिफल यस्तो छ
भदौ २६ गते शुक्रवारको राशिफल यस्तो छ
नीति तथा कार्यक्रममा हामीले उठाएका विषय समेटिएका छन् : महासङ्घ
नीति तथा कार्यक्रममा हामीले उठाएका विषय समेटिएका छन् : महासङ्घ
भक्तपुरमा फेरी व्यवसायीको हत्या, तीन जना पक्राउ
भक्तपुरमा फेरी व्यवसायीको हत्या, तीन जना पक्राउ
काठमाडौं-रक्सौल रेलमार्ग अध्ययन यसरी शुरु भयो
काठमाडौं-रक्सौल रेलमार्ग अध्ययन यसरी शुरु भयो

तपाईंले छुटाउनुभयो कि?