सुन तस्करी प्रकरणः एयरपोर्टबाटै चिनियाँ नागरिक पक्राउ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण ४, २०८०
|
|
५० पटक हेरिएको
Shares
सुन तस्करी प्रकरणः एयरपोर्टबाटै चिनियाँ नागरिक पक्राउ

सारांश

  • काठमाडौं ।
  • सुन तस्करी प्रकरणमा एक जना चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको सय किलो सुन प्रकरणमा नाम जोडिएका चिनियाँ नागरिक जिक्वाङ लिन आज पक्राउ परेका हुन् ।

काठमाडौं । सुन तस्करी प्रकरणमा एक जना चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको सय किलो सुन प्रकरणमा नाम जोडिएका चिनियाँ नागरिक जिक्वाङ लिन आज पक्राउ परेका हुन् ।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । उनी तिब्बत एयरबाट चीन भाग्न लागेको अवस्थामा प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ ।

उनलाई पक्राउ गर्नका लागि राजश्व अनुसन्धान विभागले अध्यागमन विभागलाई जानकारी गराएको थियो । अध्यागमनले विमानस्थल प्रहरीलाई दिएको सूचनाका आधारमा पक्राउ गरेको हो ।

प्रहरीले बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट सय केजी सुन बरामद गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?