सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि धमिलियो : एमाले

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २८, २०८०
|
|
५२ पटक हेरिएको
Shares
सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि धमिलियो : एमाले

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एमाले)ले सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि अन्तर्राष्ट्रिय जगत्मा धमिलिएको बताएको छ ।
  • एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा सुन तस्करी प्रकरणले दातृ निकाय र राष्ट्रहरुको विश्वासमा कमी आइ मुलुकमा आर्थिक सङ्कट बढ्न सक्ने र यसबाट व्यवसायीहरु समेत हतास हुनसक्ने उल्लेख छ ।

काठमाडौँ । नेकपा (एमाले)ले सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि अन्तर्राष्ट्रिय जगत्मा धमिलिएको बताएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा सुन तस्करी प्रकरणले दातृ निकाय र राष्ट्रहरुको विश्वासमा कमी आइ मुलुकमा आर्थिक सङ्कट बढ्न सक्ने र यसबाट व्यवसायीहरु समेत हतास हुनसक्ने उल्लेख छ ।

“सुन तस्करी प्रकरण जस्ता विषयलाई गम्भीरतापूर्वक लिँदै समाधानका लागि आवश्यक कदम चाल्नुपर्नेमा सरकार ढाकछोप गर्न लागेको हो कि भन्नेमा आशङ्का बढेको छ”, एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, “कडा सुरक्षाबीच विमानस्थलबाट यति ठूलो परिमाणमा बारम्बार सुन तस्करी हुनु राजनीतिक र प्रशासनिक संरक्षण भएको अनुमान गर्न सकिन्छ ।”

यही साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयको कम्पाउण्ड बाहिर राजस्व अनुसन्धान विभागद्वारा बरामद गरिएको करिब एक सय किलो सुनबारे न्यायिक छानबिन समितिको माग गर्दै एमालेले संसद् अवरोध गर्दैै आएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत उच्च पदस्थ प्रशासनिक र सुरक्षा अधिकारीहरुले एकैसाथ बिदा लिनु, अध्यागमन र भन्सारका गतिविधिको नियमित अनुगमन गर्न मिल्ने गरी अर्थ र गृह मन्त्रालयमा जोडिएका क्लोज सर्किट क्यामराहरु नचल्ने बनाइनु, एक्सरे र मेटल डिटेक्टरबाट शङ्कास्पद लागेर पटक–पटक पुनःपरीक्षणको सङ्केत गर्दा पनि पुनःपरीक्षण नगरिनु तथा घटना बाहिर आउनासाथ विषयान्तर गर्ने प्रयास हुनुलाई एमालेले शङ्कास्पदरुपमा हेरेको एमाले अध्यक्ष ओलीले बताए ।

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, प्रचार विभागका प्रमुख राजेन्द्र गौतमलगायत सहभागी भएका थिए ।

(https://webnews21.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय जनता पार्टी सरकारमा जाने !
राष्ट्रिय जनता पार्टी सरकारमा जाने !
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
राष्ट्रिय ध्वजावाहक विदेशीलाई बेच्ने योजनामा खरेल
राष्ट्रिय ध्वजावाहक विदेशीलाई बेच्ने योजनामा खरेल
नेपाली कांग्रेसमा धमाधम कारवाही, २५ जिल्लाबाट १८३ जना निष्कासित
नेपाली कांग्रेसमा धमाधम कारवाही, २५ जिल्लाबाट १८३ जना निष्कासित
काठमाडौंको मैतीदेवीमा बस दुर्घटना हुँदा १७ जना घाइते, चारको अवस्था गम्भीर ।
काठमाडौंको मैतीदेवीमा बस दुर्घटना हुँदा १७ जना घाइते, चारको अवस्था गम्भीर ।
लागूऔषध सहित भारतिय गाडि समातियो
लागूऔषध सहित भारतिय गाडि समातियो
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन
लालबाबु पण्डित बिराटनगरको मेयरको उम्मेदवार बन्न तयार
लालबाबु पण्डित बिराटनगरको मेयरको उम्मेदवार बन्न तयार
भोजपुरको प्रदेश ‘ख’ मा एमालेका राई विजयी
भोजपुरको प्रदेश ‘ख’ मा एमालेका राई विजयी
छात्रामा अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस
छात्रामा अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस

तपाईंले छुटाउनुभयो कि?