सुरक्षाकर्मीहरुको पनि उच्च सुरक्षा,ढोका बाहिरै सुतेर मतपेटीका कुर्छन दलका प्रतिनिधिहरु

Abhiyanpost Abhiyanpost
|
बुधबार, मंसिर १३, २०७४
|
|
४८ पटक हेरिएको
Shares
सुरक्षाकर्मीहरुको पनि उच्च सुरक्षा,ढोका बाहिरै सुतेर मतपेटीका कुर्छन दलका प्रतिनिधिहरु

सारांश

  • जुम्ला,१३, मंशिर जुम्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन सकिए लगत्तै मतपेटिका सुरक्षामा कडाई गरिएको छ।
  • भित्री घेरामा म्यादी र जनपद प्रहरी परिचालन गरिएकोमा दोश्रो घेरामा शसस्त्र प्रहरी खटाइएको छ।
  • बाहिरी घेरा नेपाली सेनाको छ।

जुम्ला,१३, मंशिर

जुम्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन सकिए लगत्तै मतपेटिका सुरक्षामा कडाई गरिएको छ। भित्री घेरामा म्यादी र जनपद प्रहरी परिचालन गरिएकोमा दोश्रो घेरामा शसस्त्र प्रहरी खटाइएको छ। बाहिरी घेरा नेपाली सेनाको छ। मतदाताको अमुल्य मतको सुरक्षाका लागि जिल्ला सुरक्षा समिती चनाखो बनेको सहायक प्रमुख जिल्ला अधिकारी टेक बहादुर थापाले जानकारी दिए । उनका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा थन्काइएको मतपेटिको सुरक्षा व्यवस्था कडा पारीएको हो ।

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको संयोजकत्वमा बसेको सुरक्षा समितीको वैठकले मतपेटिकाको आवश्यक सुरक्षा प्रवन्ध मिलाउने भन्ने निर्णय गरेको छ ।

सेना भित्र पस्दैन, तर वाहिरी घेरा निकै कडा बनाउने रणनीती बनाइएको छ । यता दलका उम्मेदवारले भने ढोकामै सुताएर भएपनि मतपेटिकाको रेखदेख गर्न कार्यकर्ता खटाएका छन् । उनीहरुले पालै पालो रातभर जाग्राम बस्ने गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
नागरिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषा, सिन्धुली र धादिङका प्रहरी प्रमुख फेरिए
धनुषा, सिन्धुली र धादिङका प्रहरी प्रमुख फेरिए
भारु नोटको सटहीका सम्बन्धमा छिटो हल गरिने
भारु नोटको सटहीका सम्बन्धमा छिटो हल गरिने
महानगरलाई हरियाली र सफा सहर बनाउन सवैको सहयोग आवश्यकः जिसी
महानगरलाई हरियाली र सफा सहर बनाउन सवैको सहयोग आवश्यकः जिसी
बञ्चरो प्रहार गरी सौताको हत्या
बञ्चरो प्रहार गरी सौताको हत्या
नेपालको दोस्रो लामो पुल निर्माण पूरा
नेपालको दोस्रो लामो पुल निर्माण पूरा
नेपाल-भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
नेपाल-भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
राष्ट्रियसभा निर्वाचन आज, १८ नयाँ सदस्य चयनका लागि ६ दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा
राष्ट्रियसभा निर्वाचन आज, १८ नयाँ सदस्य चयनका लागि ६ दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा
एनसेललाई डाटा शुल्कबारे स्पष्टीकरण, बिलिङ प्रणाली अडिट गर्न प्राधिकरणको निर्देशन
एनसेललाई डाटा शुल्कबारे स्पष्टीकरण, बिलिङ प्रणाली अडिट गर्न प्राधिकरणको निर्देशन
विमलेन्द्र निधिले भने’ सबै पत्रकारलाई हटाऊ भनेर मिडियाका मालिकहरुलाई भन्यौ भने के हुन्छ ?
विमलेन्द्र निधिले भने’ सबै पत्रकारलाई हटाऊ भनेर मिडियाका मालिकहरुलाई भन्यौ भने के हुन्छ ?
Access from anywhere, anytime!

तपाईंले छुटाउनुभयो कि?