सुर्खेतमा घरघरमा पुगेर नागरिकता वितरण

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २३, २०७५
|
|
५४ पटक हेरिएको
Shares
सुर्खेतमा घरघरमा पुगेर नागरिकता वितरण

सारांश

  • सुर्खेत,  २३मंसिर।
  •   वीरेन्द्रनगर–७ इत्रामकी ९६ वर्षीया बृद्धा बसुन्धरा आचार्य हिँडडुल गर्न सक्दिनन्।
  • खानदेखि शौचालय जानसम्म उनलाई सहयोगीको आवश्यकता पर्छ।

सुर्खेत,  २३मंसिर।  वीरेन्द्रनगर–७ इत्रामकी ९६ वर्षीया बृद्धा बसुन्धरा आचार्य हिँडडुल गर्न सक्दिनन्। खानदेखि शौचालय जानसम्म उनलाई सहयोगीको आवश्यकता पर्छ। केही महिनाअघि आचार्यको नागरिकता हरायो। नागरिकता नहुँदा उनी सामाजिक सुरक्षा भत्तालगायतका सरकारी सेवाबाट बञ्चित हुनुपर्‍यो।
शुक्रबार जिल्ला प्रशासन कार्यालयको टोली घरमै नागरिकता पुर्‍याउन जाँदा उनी निक्कै खुशी देखिन्थिन्। ‘अव फेरि बृद्धभत्ता पाउने भएँ’ नागरिकता पाएपछि खुसी हुँदै आचार्यले भनिन्, ‘पाँच महिनादेखिको बृद्धभत्ता पाएकी छैन्।’ बुढ्यौलीका कारण उनलाई धेरै कुराहरु याद छैन्। ‘विहान उठेदेखि नसुत्दासम्म बृद्धभत्ता पाइन भन्दै गुनासो गर्नुहुन्थ्यो’ आचार्यकी जेठी छोरी इन्द्रा केसीले भनिन्, ‘अव नागरिकता पाएपछि गुनासो समाधान भयो।’

आचार्य जेठीछोरी इन्द्राको सहारामा छिन्। नागरिकता हराएपछि बृद्ध भत्ता पाउनबाट बञ्चित आचार्यको प्रतिलिपि बनाउन नातिनीज्वाई हरि बस्नेतले सहयोग गरे। उनी वडा कार्यालयको सिफारिससहित बिहीबार जिल्ला प्रशासन कार्यालय पुगे। ‘त्यहाँ मैले नागरिकताको प्रतिलिपि बनाउन हजुरआमा आउन नसक्ने बताएँ’ उनले भने, ‘उहाँहरु आज आफै आएर नागरिकता वितरण गर्नुभयो।’ प्रशासकीय अधिकृत उत्तम शर्माले घरघरमै सार्वजनिक सेवा दिने सरकारको नीति अनुसार नागरिकता वितरण गरिएको बताए। ‘प्रशासन कार्यालयसम्म पुग्न नसक्ने जेष्ठ नागरिक, शारिरिक अपाङ्गता भएकाहरुलाई घरमै पुगेर सेवा दिनुपर्ने सरकारी नीति छ’ नागरिकता वितरण गर्दै उनले भने, ‘सोही नीति अनुसार घरमै पुगेर नागरिकता दिएका हौं।’

(https://boxmining.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेनुका पौडेलको स्वरमा रहेको गीत ‘तेजस्वी अप्सरा’ सार्वजनिक
मेनुका पौडेलको स्वरमा रहेको गीत ‘तेजस्वी अप्सरा’ सार्वजनिक
‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली
‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली
संगठनमा १६ औँ नम्बरका नेम्वाङ संगठनमा चौँथो नम्बरमा
संगठनमा १६ औँ नम्बरका नेम्वाङ संगठनमा चौँथो नम्बरमा
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
प्राकृतिक र उर्वर भूमीलाई बाझो राखेर देश उभो लाग्दैन :  अध्यक्ष ओली
प्राकृतिक र उर्वर भूमीलाई बाझो राखेर देश उभो लाग्दैन : अध्यक्ष ओली
ब्रिगेड ब्वाइजले तीन विदेशी खेलाडी क्लबमा भित्र्यायो
ब्रिगेड ब्वाइजले तीन विदेशी खेलाडी क्लबमा भित्र्यायो
बर्दी फुकाल्दै उच्चपदस्थ २२ प्रहरी अधिकृत
बर्दी फुकाल्दै उच्चपदस्थ २२ प्रहरी अधिकृत
मधेशीलाई मधेशी दलको विकल्प छैनः  अध्यक्ष उपेन्द्र यादव
मधेशीलाई मधेशी दलको विकल्प छैनः अध्यक्ष उपेन्द्र यादव
दार्जिलिङ आन्दोलन भड्कियो सेनाले दमन गरि गोलि चलायो, तीन नेपाली भाषीको मृत्यु (तस्बिरसहित)
दार्जिलिङ आन्दोलन भड्कियो सेनाले दमन गरि गोलि चलायो, तीन नेपाली भाषीको मृत्यु (तस्बिरसहित)
मतदान केन्द्रमा विस्फोट, २८ को मृत्यु
मतदान केन्द्रमा विस्फोट, २८ को मृत्यु

तपाईंले छुटाउनुभयो कि?