सूचना प्रविधिमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याइने

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक १३, २०७४
|
|
५९ पटक हेरिएको
Shares
सूचना प्रविधिमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याइने

सारांश

  • काठमाडौँ, १३ कात्तिक   सूचना तथा सञ्चार मन्त्रालयले सूचना–प्रविधिको क्षेत्रमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याउने सम्बन्धमा तीव्र तयारी थालेको छ ।
  • सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले आज जापानी प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपालको दूरसञ्चार क्षेत्रमार्फत मुलुकको प्रगति गर्न बलियो रणनीतिक साझेदार भित्र्याउने बारेमा छलफल गर्नुभयो ।
  • नेपालले विश्वको बदलिँदो नयाँ प्रविधिसँग दूरसञ्चार क्षेत्रमा काम गर्न रणनीतिक साझेदार भित्र्याउने तयारीलाई तीव्र बनाएको हो ।

काठमाडौँ, १३ कात्तिक   सूचना तथा सञ्चार मन्त्रालयले सूचना–प्रविधिको क्षेत्रमा फड्को मार्न रणनीतिक साझेदार भित्र्याउने सम्बन्धमा तीव्र तयारी थालेको छ ।

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले आज जापानी प्रतिनिधिमण्डलसँग मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपालको दूरसञ्चार क्षेत्रमार्फत मुलुकको प्रगति गर्न बलियो रणनीतिक साझेदार भित्र्याउने बारेमा छलफल गर्नुभयो ।

नेपालले विश्वको बदलिँदो नयाँ प्रविधिसँग दूरसञ्चार क्षेत्रमा काम गर्न रणनीतिक साझेदार भित्र्याउने तयारीलाई तीव्र बनाएको हो । मुलुकको कूल ग्रार्हस्थ उत्पादनमा दूरसञ्चार क्षेत्रको ठूलो योगदान भएको भन्दै सरकारले यसमा प्राथमिकताका साथ काम गर्दै आएको छ ।

नेपालको दूरसञ्चार क्षेत्रमा रणनीतिक साझेदार बन्न इच्छा देखाउँदै नेपालका लागि जापानका राजदूत मासासी ओगावा, ग्लोबल विजिनेश सेक्टर अफ केडिडीआई कोपरेसनका प्रमुख कार्यकारी अधिकृत हिरोयुकी सोशीलगायत प्रतिनिधिमण्डलले मन्त्री बस्नेतसँग छलफल गरेको छ ।

जापानी प्रतिनिधिमण्डलले आफूहरु नेपालको दूरसञ्चारसँग रणनीतिक साझेदार भई काम गर्न इच्छुक भएको बताउँदै सो सम्बन्धी प्रस्ताव पेश गरेको मन्त्रालयले जनाएको छ ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री बस्नेतले सन् २०२७ सम्म नेपाललाई ‘डिजिटल नेपाल’ बनाउन आवश्यक तयारीस्वरुप छिट्टै रणनीतिक साझेदार भित्र्याउने बताउनुभयो ।

मन्त्रालयले हाल सातै प्रदेशका १४ जिल्लामा नमुना परियोजनाका रुपमा सामुदायिक विद्यालयमा निःशुल्क कम्युटर, प्रिन्टर र इन्टरनेटको व्यवस्था गरिसकेको छ । सरकारले आगामी तीन वर्षभित्र मुलुकभरका सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा लागू गर्ने उद्देश्य राखेको छ ।

मन्त्री बस्नेतले मुलुकको भौगोलिक विकटता र प्राकृतिक विपत्तिसँग जुध्नसक्ने सूचना प्रविधिको विकासका लागि विश्वभरबाट दक्ष रणनीतिक साझेदारको खोजीमा रहेको जानकारी दिनुभयो । यसका लागि मन्त्रालयले यसअघि नै समिति गठन गरिसकेको छ ।

मन्त्री बस्नेतले सरकार दूरसञ्चार क्षेत्रमा फड्को मार्नका साथै मुलुकभित्रै नोट छपाइ, राष्ट्रिय परिचयपत्र र राहदानी छपाइको तयारीमा रहेको जानकारी दिनुभयो । (श्रव्य सामग्री उपलब्ध छ)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अवैध उत्खनन गर्ने २४ ट्र्याक्टर नियन्त्रणमा
जनकपुरको झझल्को दिलाउन रामपुरमा रामजानकी मन्दिर
जनकपुरको झझल्को दिलाउन रामपुरमा रामजानकी मन्दिर
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 
राजनितिक तरङ्ग:प्युठानमा बावु छोराबीचमै यस्तो प्रतिस्पर्धा
राजनितिक तरङ्ग:प्युठानमा बावु छोराबीचमै यस्तो प्रतिस्पर्धा
माओवादी पार्टीहरुको एकता चाडैं टुंगाेमा पुग्छ : प्रचण्ड
माओवादी पार्टीहरुको एकता चाडैं टुंगाेमा पुग्छ : प्रचण्ड
नेता निधिको स्वास्थ्य अवस्था बुझ्न प्रम अस्पतालमा
नेता निधिको स्वास्थ्य अवस्था बुझ्न प्रम अस्पतालमा
नेकपा जिल्ला तहको एकतामा सहमति, अन्तिम नामावली तयार हुँदै
नेकपा जिल्ला तहको एकतामा सहमति, अन्तिम नामावली तयार हुँदै
प्रदेशको नाम र राजधानीको लागी सांसदहरुको मिश्रित धारणा
प्रदेशको नाम र राजधानीको लागी सांसदहरुको मिश्रित धारणा
राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि
राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि
एमालेले चुनावी घोषणापत्र र प्रतिबद्धता पत्र ९ वैशाखमा सार्वजनिक गर्ने
एमालेले चुनावी घोषणापत्र र प्रतिबद्धता पत्र ९ वैशाखमा सार्वजनिक गर्ने

तपाईंले छुटाउनुभयो कि?