सेना दिवस : टुँडिखेलमा कवाज

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन ९, २०७६
|
|
४१ पटक हेरिएको
Shares
सेना दिवस : टुँडिखेलमा कवाज

सारांश

  • काठमाडाैं।
  • सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शुक्रबार मुलुकभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ।
  • राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन्।

काठमाडाैं। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शुक्रबार मुलुकभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ।

राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन्। नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रुपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन्।

नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। सो दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति पूर्णचन्द्र थापा छन्।

सेनाको इतिहास र अन्तर्राष्ट्रिय छवि

नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । वर्तमान सेनाको साङ्गठनिक स्वरूपको १८१९ सालदेखि सुरुआत भएको हो । देशभक्ति, समर्पण र आम नेपालीको हितलाई केन्द्रविन्दुमा राखि सम्पादन गरेका गौरवशाली कार्यबाटै नागरिककाबीचमा सेनाले आस्था र विश्वासको अटल छाप छोड्न  सफल भएको छ।

 सैनिक वीरपूर्खाहरुको अदम्य साहस, वीरता र बलिदानका आधारमा नेपाल राष्ट्र स्थापना भएको हो । राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारी भित्र पर्छ । सेनामा अनुशासन, चेनअफ कमाण्ड र राजनीति निरपेक्ष चरित्र, एकताको भावना उच्च संस्कारका रुपमा रहने गर्छ ।

नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । समावेशीका हिसाबले अहिले नेपाली सेनाको सङ्गठन चार जात छत्तिस जातिको फुलबारी जस्तै बनेको छ । महिलाको सहभागिता पनि उल्लेखनीयरुपमा वृद्धि हुँदैगएको छ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनार्थ नेपाली सेनाले प्रदान गरेको अतुलनीय योगदानको राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८ देखि आरम्भ भएको थियो । हालसम्म एक लाख २९ हजार ८९० सैनिकबाट योगदान भइसकेको छ।

विश्वका कतिपय द्वन्द्वग्रस्त मुलुकमा शान्तिका लागि ज्यानको बाजी लगाउँदै नेपालका ६५ सैनिकले जीवन बलिदान दिइसकेका छन् भने ६६ सैनिक घाइते भएका छन्। विश्वमा हाल खडा भएका १२ शान्ति मिसनमा पाँच हजार ९५ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने मुलुकहरूको कोटीमा नेपाल पाँचौँ स्थानमा छ।

विश्वका अत्यन्त शक्तिशाली मुलुकका सैनिकका लागि समेत नेपाल पेसागत क्षमता र दक्षता अभिवृद्धि गर्ने पाठशाला बनिरहेको छ । वीरेन्द्र शान्ति कार्य तालीम केन्द्र, भक्तपुर खरिपाटीस्थित सैनिक शिक्षालय र शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा विश्वका कर्याैँ मुलुकका सैनिक सहभागीले यसलाई पुष्टि गर्छ।

विश्वका कुनै पनि महादेशका द्वन्द्वग्रस्त क्षेत्रका पीडित जनताबीच शान्ति सेनाका रुपमा पहिलो रोजाइमा नेपाली सेना नै पर्ने गरेको छ । सेनाले पछिल्लो समय मुलुकभित्र विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार निर्माणमा भरपर्दाे छवि स्थापित गर्न सफल भएको छ। सेनाकै व्यवस्थापनमा राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश दू्रतमार्गको काम भइरहेको छ।

दरबार, सङ्ग्राहलय, ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार र प्राकृतिक सम्पदाको सुरक्षा तथा विकास निर्माणको जिम्मेवारीले सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो बनाउँदै लगेको छ। मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै अहिले नेपाली सेनाअघि बढिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सम्पादकको मृत्यु ((लघुकथा)
कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने
कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने
सन् २०२२ः युक्रेन युद्धले निम्त्याएको न्यून आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीतिको वर्ष
सन् २०२२ः युक्रेन युद्धले निम्त्याएको न्यून आर्थिक वृद्धिदर र उच्च मुद्रास्फीतिको वर्ष
रोकिएको बुढीगण्डकीको मुआब्जा आइतबार वितरण
रोकिएको बुढीगण्डकीको मुआब्जा आइतबार वितरण
आन्दोलन गर्नुपर्ने अवस्थामा किन पुग्यो कांग्रेस ?
आन्दोलन गर्नुपर्ने अवस्थामा किन पुग्यो कांग्रेस ?
नेपाली झण्डा किन बिगारेर बनाएको! सरकारले ४ जनालाई जवाफ माग्यो
नेपाली झण्डा किन बिगारेर बनाएको! सरकारले ४ जनालाई जवाफ माग्यो
भाका चोरेको आरोप लागेका प्रकाश सपुतले शम्भु राईलाई यस्तो लेखे
भाका चोरेको आरोप लागेका प्रकाश सपुतले शम्भु राईलाई यस्तो लेखे
बेपत्ता बाबु खोज्दै छोराछोरी
बेपत्ता बाबु खोज्दै छोराछोरी
भावी प्रधानमन्त्रीको उम्मेद्धवार घोषणा गरेर चुनावमा जानुपर्छ’ : कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समिति
भावी प्रधानमन्त्रीको उम्मेद्धवार घोषणा गरेर चुनावमा जानुपर्छ’ : कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समिति
आत्महत्या गरेकी श्रीमतीको फोन हेर्दा श्रीमानको होस उड्यो
आत्महत्या गरेकी श्रीमतीको फोन हेर्दा श्रीमानको होस उड्यो