पानी खाने बहानामा…

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ २६, २०७६
|
|
५० पटक हेरिएको
Shares
पानी खाने बहानामा…

सारांश

  • काठमाडौं, २६ असार ।
  • बाल यौन दुव्र्यवहारको आरोप लागेका सप्तरीका दुई शिक्षक बिहीबार धरौटीमा रिहा भएका छन् ।
  • सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको आदेशमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादव र सिरहा लहान नगरपालिकाका ३५ वर्षीय रामकृष्ण यादव जनही रु ६५ हजार धरौटी राखी पुर्पक्षका लागि रिहा भएको अदालतले जनाएको छ ।

काठमाडौं, २६ असार । बाल यौन दुव्र्यवहारको आरोप लागेका सप्तरीका दुई शिक्षक बिहीबार धरौटीमा रिहा भएका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको आदेशमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकुमार यादव र सिरहा लहान नगरपालिकाका ३५ वर्षीय रामकृष्ण यादव जनही रु ६५ हजार

धरौटी राखी पुर्पक्षका लागि रिहा भएको अदालतले जनाएको छ ।सप्तरी जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाका अनुसार पक्राउ परी थुनामा रहेका पशुपति र अदालतमा हाजिर भएका रामकृष्ण रु ६५ हजार धरौटी राखी तारेखमा रिहा भएका हुन् । जेठ २७ गते पक्राउ परेका पशुपतिलाई पुर्पक्षका लागि अदालतले धरौटीमा रिहा गर्ने आदेश गरेलगत्तै

रामकृष्ण अदालतमा हाजिर भएका थिए ।सुरुङ्गा नगरपालिका–२ स्थित जनता आधारभूत विद्यालय भेडिया, हर्दियामा अध्यापनरत निमावि राहत शिक्षकद्वयले छात्राहरुलाई कक्षाकोठा र कोचिङ कक्षामा यौन दुव्र्यवहार गर्ने गरेको भन्दै १४ वर्षीया बालिकाले इलाका प्रहरी कार्यालय कडरबोनामा जेठ २६ गते उजुरी दिएकी थिइन् ।

धरौटीमा रिहा भएका आरोपित शिक्षकले भने आफूहरुले बाल यौन दुव्र्यवहार नगरेको बताएका छन् । यसैबीच सप्तरीमा ११ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सप्तरीको बोदे बर्साइन नगरपालिका–३ का ३५ वर्षीय मोहम्मद मुस्ताकलाई बिहीबार पक्राउ गरेको छ ।पीडितकी आमाले दिएको उजुरी र पीडितको बयानपछि आरोपितलाई पक्राउ गरी

जबर्जस्ती करणीको उद्योगमा उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय, कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो ।घरमा कोही नभएका बेला पानी खाने बहानामा सोमबार घर प्रवेश गरेका आरोपितले बलात्कार प्रयास गरेको पीडितले प्रहरीसमक्ष बयान दिएको प्रहरीले जनाएको छ ।आरोपित सडक मजदूर हुन् । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट बौद्ध दर्शन र संस्कृति थप प्रवर्धन हुने विश्वास
चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट बौद्ध दर्शन र संस्कृति थप प्रवर्धन हुने विश्वास
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
भरतपुर मतदानका लागि तयारी सुरु, दलहरू आफ्ना उम्मेदवारले जित्ने रणनीति बनाउन आन्तरिक गृहकार्यमा
भरतपुर मतदानका लागि तयारी सुरु, दलहरू आफ्ना उम्मेदवारले जित्ने रणनीति बनाउन आन्तरिक गृहकार्यमा
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु
कञ्चनपुरमा ६९ प्रतिशत मतदान
कञ्चनपुरमा ६९ प्रतिशत मतदान
पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय
पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय
भिटामिनको जलप लगाएर मानव स्थास्थ्यमाथि खेलबाड, एउटा रोक्ने, अर्को अनुमति ठोक्ने !
भिटामिनको जलप लगाएर मानव स्थास्थ्यमाथि खेलबाड, एउटा रोक्ने, अर्को अनुमति ठोक्ने !
रोकिराखेको ट्रकमा बस ठोक्किंदा ११ जना घाइते, दुई गम्भीर
रोकिराखेको ट्रकमा बस ठोक्किंदा ११ जना घाइते, दुई गम्भीर
तालिबानले सशस्त्र सङ्घर्ष अझ तीव्र बनाउने घोषणा
तालिबानले सशस्त्र सङ्घर्ष अझ तीव्र बनाउने घोषणा
डोजरले महिलालाई हुत्याउने चालक जेल चलान
डोजरले महिलालाई हुत्याउने चालक जेल चलान

तपाईंले छुटाउनुभयो कि?