तालिबानले सशस्त्र सङ्घर्ष अझ तीव्र बनाउने घोषणा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र २९, २०७५
|
|
५१ पटक हेरिएको
Shares
तालिबानले सशस्त्र सङ्घर्ष अझ तीव्र बनाउने घोषणा

सारांश

  • काबुल, २९ चैत ।
  • अफगानिस्तानमा लामो समयदेखि सङ्घर्षरत तालिबान विद्रोही समूहले संयुक्तराज्य अमेरिकासँग वार्ता प्रक्रियामा रहेपनि सशस्त्र सङ्घर्षलाई अझ तीव्र बनाउने शुक्रबार घोषणा गरेको छ ।
  • अङ्ग्रेजी समेत पाँच भाषामा प्रकाशित लामो वक्तव्यमा तालिबान विद्रोहीले अफगानिस्तानमा विदेशी फौज रहेसम्म सङ्घर्षलाई निरन्तरता दिइने भनिएको छ ।

काबुल, २९ चैत । अफगानिस्तानमा लामो समयदेखि सङ्घर्षरत तालिबान विद्रोही समूहले संयुक्तराज्य अमेरिकासँग वार्ता प्रक्रियामा रहेपनि सशस्त्र सङ्घर्षलाई अझ तीव्र बनाउने शुक्रबार घोषणा गरेको छ ।अङ्ग्रेजी समेत पाँच भाषामा प्रकाशित लामो वक्तव्यमा तालिबान विद्रोहीले अफगानिस्तानमा विदेशी फौज रहेसम्म सङ्घर्षलाई निरन्तरता दिइने भनिएको छ ।

हुनत, तालिबानले यस्तो घोषणा हरेक वर्ष गरिरहेको छ । हिउँदका कठिन दिनहरुमा पनि तालिबानी आक्रमण रोकिएका छैनन् । तालिबानले दिनहुँजसो अफगान सुरक्षाफौज र अफगानिस्तानमा तैनाथ नेटो फौजमाथि आक्रमण गरिरहेका छन् ।

तालिबानी आक्रमणबाट सुरक्षाकर्मी, लडाकू र सर्वसाधारणको मृत्यु हुनेक्रम घट्नुको साटो पछिल्ला वर्षहरुमा अझ बढेको छ । पछिल्लो समय, तालिबानले बाघ्रामस्थित अमेरिकी हवाई अखाडामा गत सोमबार गरेको आत्मघाती आक्रमणमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको थियो ।

विभिन्न अध्ययनले अफगानिस्तानको आधाभन्दा बढी भूभागमा तालिबान समूहले कब्जा गरेको देखाएका छन् । मूलतः अफगानिस्तानमा अमेरिकी अतिक्रमणका विरुद्ध विगत १७ वर्षदेखि तालिबान र इस्लामिक स्टेट्स समूहले सशस्त्र सङ्घर्ष गरिरहेको छ ।

शुक्रबारको घोषणामा तालिबानले आफ्ना लडाकूहरुलाई पूर्ण इमान्दारी र तालिबान कमान्ड संरचना बमोजिम आक्रामक कारबाही अघि बढाउन निर्देशन दिइएको छ । घोषणामा नागरिक हताहत रोक्न भरमग्दुर प्रयास गर्न लडाकूहरुलाई निर्देश दिइएको छ ।

यसै वर्षको शुरुमा प्रकाशित राष्ट्रसंघको वार्षिक प्रतिवेदन अनुसार गत वर्ष सन् २०१८ मा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको छ । नागरिकको हत्या हुनुमा मुख्यतः तालिबानी लडाकू र अरु विद्रोहीहरु दोषी देखिएका छन् । अमेरिकी हवाई आक्रमणबाट पनि ठूलो संख्यामा नागरिक हताहत भएको पाइएको छ । अमेरिकी हवाई आक्रमणहरु खासगरी प्रत्यक्ष लडाइँमा संलग्न अफगानी फौजको सहयोगका लागि हुने गरेका छन् ।

तैपनि, कतारमा अर्को सातादेखि अफगानी समूहहरुबीच वार्ता शुरु हुँदैछ । कतारमा तालिबानको कार्यालय समेत रहेको छ ।यता काबुलमा, सरकार विरोधी पक्षसँग शान्ति वार्ता गर्न एक वर्ष अघि स्थापना गरिएको अफगान उच्च शान्ति परिषदले तालिबानको पछिल्लो वक्तव्यप्रति निन्दा गरेको छ । अफगान युद्धको शान्तिपूर्ण समाधानमा विद्रोहीहरु इमान्दार रहेकामा यस वक्तव्यले शङ्का उब्जाएको परिषदले जनाएको छ ।

परिषदका उपप्रमुख अट्टा–उ–रहमान सलेमले भन्नुभयो, “उनीहरुले युद्ध नै चाहेको देखिन्छ । उनीहरुका हरेक दिनका क्रियाकलापले यसैलाई पुष्टी गरिरहेको छ ।”अमेरिकी अफगान शान्तिदूत जाल्मे खलिलजादले तालिबानसँग युद्धबिराम गर्न र काबुल सरकारसँग वार्ताका लागि आग्रह गरिरहनुभएको छ, तर विद्रोहीहरुले यी दुबै प्रस्ताव अस्वीकार गरेका छन् ।

तालिबानले अफगान सरकारसँग वार्ता नगर्ने बताउँदै आएको छ । कतारमा वार्ताका लागि आउने अफगान टोलीलाई तालिबानले सरकारी प्रतिनिधि नभई सर्वसाधारण अफगान नागरिक ठान्ने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं-९ मा एमालेका कृष्णगाेपाल श्रेष्ठ विजयी
काठमाडौं-९ मा एमालेका कृष्णगाेपाल श्रेष्ठ विजयी
भूकम्पपीडितको राहत गोदाममा कुहियो
भूकम्पपीडितको राहत गोदाममा कुहियो
नेकपाको भातृसंगठन एकीकरण अब कहिले !
नेकपाको भातृसंगठन एकीकरण अब कहिले !
प्रधानमन्त्री ओलीद्वारा बाजपेयीको योगदानको स्मरण गर्दै समवेदना व्यक्त
प्रधानमन्त्री ओलीद्वारा बाजपेयीको योगदानको स्मरण गर्दै समवेदना व्यक्त
रु दुई करोड ३३ लाख अवैध बजार मूल्यको लागुऔषधसहित १० जना पक्राउ
रु दुई करोड ३३ लाख अवैध बजार मूल्यको लागुऔषधसहित १० जना पक्राउ
मेयरले भने, तुलसीपुर आउनुस्, बसपार्कमा मज्जाले बच्चालाई स्तनपान गराउनुस्
मेयरले भने, तुलसीपुर आउनुस्, बसपार्कमा मज्जाले बच्चालाई स्तनपान गराउनुस्
घरभित्रै जलेर मृत्यु
रवि लामिछानेविरुद्ध ३ वटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस गरिँदै
रवि लामिछानेविरुद्ध ३ वटा कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेस गरिँदै
जमीनमा मात्रै होइन, भारतले आकाशमा पनि कुञ्जुस्याइँ गरिरहेको छ: प्रधानमन्त्री ओली
जमीनमा मात्रै होइन, भारतले आकाशमा पनि कुञ्जुस्याइँ गरिरहेको छ: प्रधानमन्त्री ओली
संसद बैठकमा प्रयोग भएका असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन
संसद बैठकमा प्रयोग भएका असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन

तपाईंले छुटाउनुभयो कि?