स्कटल्यान्डविरूद्ध नेपालको ऐतिहासिक जित

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ ३०, २०७९
|
|
५४ पटक हेरिएको
Shares
स्कटल्यान्डविरूद्ध नेपालको ऐतिहासिक जित

सारांश

  • काठमाडौं।
  • आसिफ शेखको अर्धसतकप्रेरित नेपालले आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिम स्कटल्यान्डविरुद्ध ऐतिहासिक पाँच विकेटको जित निकालेको छ।
  • नेपालले क्रिकेटको कुनै पनि संरचनामा पहिलो पटक स्कटल्यान्डलाई हराएको हो।

काठमाडौं। आसिफ शेखको अर्धसतकप्रेरित नेपालले आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिम स्कटल्यान्डविरुद्ध ऐतिहासिक पाँच विकेटको जित निकालेको छ। नेपालले क्रिकेटको कुनै पनि संरचनामा पहिलो पटक स्कटल्यान्डलाई हराएको हो। यो सँगै नेपालले स्कटल्यान्डमा पहिलो जित निकालेको छ।

टिटउड क्रिकेट मैदानमा घरेलु टिमले प्रस्तुत गरेको १४५ रनको लक्ष्य नेपालले २५.१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍याे। नेपालको जितमा ओपनर आसिफले ७१ रनको अर्धसतकीय इनिङ खेले । आसिफले ६२ बलमा १० चौका र एक छक्का प्रहार गरे। यस्तै, रोहित पौडेलले ३० रनमा अविजित रहे। नेपालका अर्का ओपनर कुशल भुर्तेल २७ रनमा आउट हुँदा देव खनाल चार, दीपेन्द्रसिंह ऐरी तीन र आरिफ शेख एक रनमा आउट भए।

स्कटल्यान्डका गेभिन मेनले तीन विकेट लिए। यस्तै, आद्रियन नेइल र रिची बेरिङटनले समान एक विकेट लिए। यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइको स्कटल्यान्ठले ४२.५ ओभरमा १४४ रनमा अलआउट भएको थियो।

लगातार विकेट गुमाएको स्कटल्यान्डका लागि गाभिन मेनले सम्हालिएको प्रदर्शन गर्दै सर्वाधिक अविजित ६४ रन बनाएका थिए। उनले बलमा ५९ बलमा सात चौका र एक छक्का प्रहार गरे।

यसबाहेक, मार्क वाटले १७, सफयान सरिफले १६ र क्यालम म्याकलेओडले १३ रन बनाए। यसबाहेक घरेलु टिमका अन्य ब्याटर दोहोरो अंकमा रन बनाउँन सकेनन्। नेपालका सोमपाल कामी र आदिल आलमले कसिलो बलिङ गरेपछि स्कटल्यान्ड एक सय ४४ रनमा समेटिएको थियो। नेपालका लागि सोमपालले १० ओभरमा ४० रन खर्चेर तीन विकेट लिँदा १० ओभरमा आदिलले एक मेडनसहित ३१ रन दिएर तीन विकेट नै लिए।

यस्तै, कप्तान सन्दीप लामिछाने, करण केसी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए। शृंखलाका लागि स्कटल्यान्ड पुगेको नेपाल पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो।

तालिकामा १८ खेल खेलेर १७ अंक जोडेको नेपाल पाँचौं स्थानमा उक्लिएको छ । नेपालले लिग २ मा अझै १८ खेल्न बाँकी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच महिनामा प्रचण्ड-अोलीको १७ भेट: एकताका लागि कति प्रगति ?
पाँच महिनामा प्रचण्ड-अोलीको १७ भेट: एकताका लागि कति प्रगति ?
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँद्वार खुल्ने
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नयाँद्वार खुल्ने
आजबाट हावा पश्चिम बहने, सलह पनि त्यतै जाने अनुमान
आजबाट हावा पश्चिम बहने, सलह पनि त्यतै जाने अनुमान
हेर्नुस् आज तपाइँको राशिफल यस्तो छ
हेर्नुस् आज तपाइँको राशिफल यस्तो छ
पाँचथर हत्याकाण्डका ९ जनाको अत्येष्टि सम्पन्न (तस्विरसहित)
पाँचथर हत्याकाण्डका ९ जनाको अत्येष्टि सम्पन्न (तस्विरसहित)
पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला उपर पुनरावलोकनमा निस्सा प्राप्त
पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला उपर पुनरावलोकनमा निस्सा प्राप्त
नेपाली कम्पनीसँग क्षमता नभएपछि अन्त शुल्क स्टिकर छपाइको काम विदेशी कम्पनीलाई
नेपाली कम्पनीसँग क्षमता नभएपछि अन्त शुल्क स्टिकर छपाइको काम विदेशी कम्पनीलाई
बाढीपीडितका लागि राष्ट्रपतिबाट एक महिनाको तलब सहयोग
बाढीपीडितका लागि राष्ट्रपतिबाट एक महिनाको तलब सहयोग
दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या दोबर
दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या दोबर
भागरथी हत्या प्रकरणका अभियुक्त दिनेश भट्टलाई सुधारगृह पठाइने
भागरथी हत्या प्रकरणका अभियुक्त दिनेश भट्टलाई सुधारगृह पठाइने

तपाईंले छुटाउनुभयो कि?