स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढ्न प्रचण्डको आग्रह

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख १, २०७५
|
|
५६ पटक हेरिएको
Shares
स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढ्न प्रचण्डको आग्रह

सारांश

  • काठमाडौं, १ बैशाख ।
  • नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले २०७४ सालले दिएको स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढ्न सबैलाई अपिल गरेका छन् ।
  • नयाँ वर्ष २०७५ को अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले त्यस्तो अपिल गरेका हुन् ।

काठमाडौं, १ बैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले २०७४ सालले दिएको स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढ्न सबैलाई अपिल गरेका छन् । नयाँ वर्ष २०७५ को अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले त्यस्तो अपिल गरेका हुन् ।

“नयाँ वर्ष वि.सं. २०७५ सालको सुखद् उपलक्ष्यमा स्वेदश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु”, अध्यक्ष प्रचण्डले भनेका छन् । नयाँ संविधान कार्यान्वयनका दृष्टिले वि.सं. २०७४ साल नेपाली इतिहासमा अविस्मरणीय रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक संक्रमणको अन्त्य गरी स्थिरता, विकास र समृद्धि हासिल गर्न २०७४ सालले हामीमा आधार र उर्जा प्रदान गरेको बताएका छन् । मुलुकमा संघीय प्रणालीको व्यवहारिक अभ्याससहित स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न हुनु नेपाल र नेपालीका लागि गौरवको कुरा भएको शुभकामना सन्देशमा उल्लेख छ ।

समाजवादउन्मूख संघीय संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माणको दिशामा अघि बढ्नु अहिलेको हाम्रो कार्यभार हो भन्दै अध्यक्ष प्रचण्डले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, “यस अवसरमा स्थिरता, सुशासन र समृद्धिको अभियानमा दृढतापूर्णक सहभागी हुन आम नेपाली जनसमुदायसँग हार्दिक आव्हान गर्दै पुनः एकपटक नयाँ वर्ष २०७५ सालको हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?