स्पोर्ट सिटीका लागि ‘कर्णाली हाई अल्टिच्यूड टे«निङ सेन्टर’

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र ८, २०७४
|
|
५४ पटक हेरिएको
Shares
स्पोर्ट सिटीका लागि ‘कर्णाली हाई अल्टिच्यूड टे«निङ सेन्टर’

सारांश

  • सुर्खेत, ८ चैत , विश्वको सर्वाधिक उचाइमा धान फल्ने जुम्लाको पातारासी गाउँपालिकामा अवस्थित लौठचौरलाई स्पोर्ट सिटीका रुपमा विकास गर्ने लक्ष्य लिइएकोे छ ।
  • सो गाउँपालिकाको लौठचौरमा ‘कर्णाली हाई अल्टिच्यूड टे«निङ सेन्टर’ निर्माणका लागि डिपिआर तयार गरिएको छ ।
  • तयार गरिएको डिपिआर राष्ट्रिय खेलकूद परिषद् र युवा तथा खेलकूद मन्त्रालयमा पेश गरिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष हरिप्रसाद श्रेष्ठ जानकारी दिनुहुन्छ ।

सुर्खेत, ८ चैत , विश्वको सर्वाधिक उचाइमा धान फल्ने जुम्लाको पातारासी गाउँपालिकामा अवस्थित लौठचौरलाई स्पोर्ट सिटीका रुपमा विकास गर्ने लक्ष्य लिइएकोे छ ।

सो गाउँपालिकाको लौठचौरमा ‘कर्णाली हाई अल्टिच्यूड टे«निङ सेन्टर’ निर्माणका लागि डिपिआर तयार गरिएको छ । तयार गरिएको डिपिआर राष्ट्रिय खेलकूद परिषद् र युवा तथा खेलकूद मन्त्रालयमा पेश गरिएको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष हरिप्रसाद श्रेष्ठ जानकारी दिनुहुन्छ ।

“विस्तृत अध्ययन प्रतिवेदनअनुसार लौठचौरमा कर्णाली ‘हाई अल्टिच्यूड टे«निङ सेन्टर’ निर्माण गर्न रु १७ करोड लाग्ने अनुमान गरिएको छ”, अध्यक्ष श्रेष्ठ भन्नुहुन्छ, “आवश्यक बजेट विनियोजनका लागि राष्ट्रिय खेलकूद परिषद् र मन्त्रालय दुवैमा पहल भइरहेको छ । ”

यतिबेला कभर्डहलको बाँकी कामका लागि युवा तथा खेलकूद मन्त्रालयलबाट रु २५ लाख विनियोजन भइसकेको छ । उहाँका अनुसार निर्माण गरिने टे«निङ सेन्टर आवासगृह, अस्पताललगायतको सेवा र सुविधायुक्त हुनेछ ।

पचपन्न हजार वर्गमिटर क्षेत्रफलमा निर्माण गरिने उक्त टे«निङ सेन्टर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको गन्तव्यस्थल बन्ने चर्चा गर्दै जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपाने बताउनुहुन्छ, “संरचना निर्माणपछि यहाँ प्रशिक्षणमात्र हुने छैन उच्च हिमाली भेकको अवलोकन, विशुद्ध हावापानी, अर्गानिक खानासहित विशेष आतिथ्यता पनि प्राप्त हुनेछ । ”

म्याराथुन धावक हरिबहादुर रोकाया भन्नुहन्छ, “अल्टिच्यूडमा टे«निङ गरेको खेलाडीले राष्ट्रियस्तरमा मात्र होइन, अन्तर्राष्ट्रियस्तरमै उत्कृष्टता हासिल गरेका छन्, जुन स्थानमा नेपालको कर्णाली र त्यसमा जुम्ला पुग्न सफल भएको छ ।, कर्णालीलाई खेलकूँद भूमिमा परिचित गराउन र नेपालकै नाम विश्वमा राख्न यो महत्वाकांक्षी गौरवको आयोजना अघि बढाइएको हो । ”

खेल पर्यटन प्रवद्र्धन

लौठचौरसँग जोडिएको विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने ठाउँ छुमचौर ज्यूला, सर्वाधिक महँगो जडीबुटी यार्सागुम्बा, पातारासी हिमालको भ्यू, तिलानदीको आकर्षणले पनि यो ट्रेनिङ सेन्टर देशी तथा विदेशी खेलाडीको प्रमुख गन्तव्य बन्नेछ । उक्त टे«निङ सेन्टर’, निर्माणबाट यहाँको खेल पर्यटन प्रवद्र्धन हुने र स्पोर्ट सिटीरूपमा विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ ।

सो कार्यका लागि स्थानीय समुदायलाई व्यवसाय सञ्चालनमा परिचालन, स्थानीयस्तरमा रोजगारीको सिर्जनाका साथै आयआर्जनमा सघाउ पुग्ने र राजश्वमा वृद्धि हुने पातारासी गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहोरा बताउनुहुन्छ । संसारबाट आएका खेलाडीले खेलकूदमा भाग लिनाका साथै जुम्लाको तातोपानी पर्यटन विकास केन्द्र, तिलाको त्रिवेणी, चन्दननाथ मन्दिर, गिडी दह, पातारासी हिमाल, सिंजा सभ्याता, मुगुको राराताल र डोल्पाको से–फोक्सुण्डो तालको पनि अवलोकन गर्ने अवसर प्राप्त हुने उहाँको भनाइ छ ।

गत पुस महिनामा जुम्ला पुगेको युवा तथा खेलकूद मन्त्रालयका सचिव महेश दाहालसहितको चार सदस्यीय टोलीले टे«निङ सेन्टर र रंगशाला निर्माणका लागि आवश्यक मापदण्ड र भौगोलिक स्थिति अनुगमन गरेको थियो । उहाँ नेतृत्वको टोलीले छुमचौरको लौठचौरमा निर्माण हुने ‘टे«निङ सेन्टर’ लाई ‘कर्णाली हाई अल्टिच्यूड टे«निङ सेन्टर’ र जुम्ला खलंगामा निर्माण प्रस्ताव गरिएको राँझासिमलाई ‘कर्णाली रंगशाला’ नामकरण गर्न सुझाएको थियो ।

दुवै संरचना निर्माणको कार्य शुरु गर्न भन्दै मन्त्रालयबाट हुने सहयोगमा यो क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता सचिव दाहालले गर्नुभएको थियो । समुद्री सतहदेखि दुई हजार ९०० मिटर उचाइमा रहेको उक्त स्थानमा निर्माण गरिने सो टे«निङ सेन्टर कर्णाली प्रदेशको खेल जगत्को गौरवको पूर्वाधार ठानिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भीम रावलदेखि योगेश भट्टराई ओलीको आलोचनामा, शंकर पोखरेल बचाउमा
भीम रावलदेखि योगेश भट्टराई ओलीको आलोचनामा, शंकर पोखरेल बचाउमा
How Are Guava Leaves Beneficial For Your Hair?
How Are Guava Leaves Beneficial For Your Hair?
आईजीपी अर्यालको अडानलाई लत्याउँदै गृहमन्त्रीले हप्काए आईजीपीलाई ?
आईजीपी अर्यालको अडानलाई लत्याउँदै गृहमन्त्रीले हप्काए आईजीपीलाई ?
नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन अमेरिकामा नेफ्टा अवार्ड  : अध्यक्ष लामा
नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन अमेरिकामा नेफ्टा अवार्ड : अध्यक्ष लामा
जहाँ थियाे त्यहीँ छ, नारामा मात्र गाउँ पुग्यो सिंहदरबार
खैँजडीको तालमा मुख्यमन्त्री छमछमी
प्रधानमन्त्री देउवा असोज ३ गते न्यूयोर्क प्रस्थान गर्ने
प्रधानमन्त्री देउवा असोज ३ गते न्यूयोर्क प्रस्थान गर्ने
जोगियो नेपाल टेलिकमकी कामिनी को पद !
नेपाल बहुसांस्कृतिक हुनु नेपालीका लागि गौरव : प्रधानमन्त्री प्रचण्ड
नेपाल बहुसांस्कृतिक हुनु नेपालीका लागि गौरव : प्रधानमन्त्री प्रचण्ड
रिचार्जरको एप डाउनलोड गर्दा सय रुपैयाँ क्यास ब्याक, मोबाइलमा जत्तिको रिचार्ज गर्यो त्यति नै फिर्ता पनि
रिचार्जरको एप डाउनलोड गर्दा सय रुपैयाँ क्यास ब्याक, मोबाइलमा जत्तिको रिचार्ज गर्यो त्यति नै फिर्ता पनि

तपाईंले छुटाउनुभयो कि?