हतुवागढीको माइबेनी ओझेलमा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २, २०८०
|
|
५४ पटक हेरिएको
Shares
हतुवागढीको माइबेनी ओझेलमा

सारांश

  • भोजपुर ।
  • भोजपुरको सबैभन्दा होचो स्थानमा रहेको प्रसिद्ध धार्मिकस्थल माइबेनी ओझेलमा परेको छ ।
  • धार्मिक महत्व बोकेको यो पर्यटकीयस्थल प्रचारप्रसार अभावले ओझेलमा परेको हो ।

भोजपुर । भोजपुरको सबैभन्दा होचो स्थानमा रहेको प्रसिद्ध धार्मिकस्थल माइबेनी ओझेलमा परेको छ । धार्मिक महत्व बोकेको यो पर्यटकीयस्थल प्रचारप्रसार अभावले ओझेलमा परेको हो ।

समुद्री सतहबाट एक सय ५३ मिटर उचाइमा रहेको यो स्थान हतुवागढी-९ हसनपुरमा रहेको छ । दूधकोशी र अरुण नदीको सङ्गमस्थलमा रहेको माइबेनीमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । दशक अघिसम्म यहाँ भव्य मेला लाग्ने गरेको भए पनि पछिल्लो समय मेला लाग्न छाडेको स्थानीय ७० वर्षीय अशोक राईले बताए । यहाँ कात्तिक पूर्णिमा र माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्छ । माइबेनीमा दर्शन गर्न तथा मेला भर्न भोजपुर, उदयपुर, धनकुटालगायत देशका विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन् ।

‘यो पूर्वको एक प्रसिद्ध धार्मिकस्थल हो’, उनले भने, ‘यसको निकै ठूलो धार्मिक महत्व छ । यहाँ दर्शन गर्नका लागि देशका विभिन्न ठाउँबाट आउने गर्दथे । तर पछिल्लो समय यो स्थान ओझेलमा परेको छ ।” खासगरी मानिस माइबेनीको दर्शनसँगै नदी पूजा गर्नका लागि यहाँ आउने गरेको राईले बताए ।
माइबेनीको विकास तथा संरक्षणका लागि ध्यान दिँदै आएको हतुवागढी गाउँपालिकाले जनाएको छ । यहाँ पुग्नका लागि कोप्चेबाट अप्ठयारो ठाउँमा पदमार्ग निर्माण तथा मन्दिरको संरक्षणसँगै घेराबारा गरिएको छ । माइबेनी क्षेत्रको बृहत्तररूपमा विकास गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । यसलाई गाउँपालिकासँगै जिल्लाको मुख्य धार्मिकस्थल तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना छ ।

माइबेनीबाट किरातको आस्थाको केन्द्र खुवालुङ, अरुण, दूधकोशी र तमोर नदीको सङ्गमस्थल त्रिवेनी तथा बराहक्षेत्र नजिकै पर्ने भएकाले यसको बृहत्तर विकासमा जोड दिइएको अध्यक्ष राईको भनाइ छ । यो क्षेत्रलाई तराईका जिल्लाबाट भोजपुर प्रवेश मार्गका रूपमा विकास गर्ने योजना छ । हिउँदको समयमा अरुण नदीमा जेटबोट चल्ने भएकाले यहाँसम्म पुग्न सहज भए पनि वर्षात्को समयमा भने आवतजावतमा समस्या छ । यसको नजिकै दूधकोशीपारि उदयपुरको वेलका नगरपालिका–७ र अरुण नदीपारि धनकुटाको सहिदभूमि-१ पर्छ । यो तीन जिल्लाको सङ्गमस्थलका रुपमा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री वलीले भने ‘ म मर्नुपर्थ्याे !
प्रधानमन्त्री वलीले भने ‘ म मर्नुपर्थ्याे !
एमाले अध्यक्ष केपी शर्मा ओली भोलि (शनिबार) ओली पत्नी राधिका, परिवारका अन्य सदस्यका साथ मानसरोवर जाने
एमाले अध्यक्ष केपी शर्मा ओली भोलि (शनिबार) ओली पत्नी राधिका, परिवारका अन्य सदस्यका साथ मानसरोवर जाने
प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा
प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा
कांग्रेसले वर्तमान सरकारको विकल्प दिन सक्दैन : ओली
कांग्रेसले वर्तमान सरकारको विकल्प दिन सक्दैन : ओली
देश समृद्ध बनाउँ भन्दा किन छाती पोल्ने? : प्रधानमन्त्री
देश समृद्ध बनाउँ भन्दा किन छाती पोल्ने? : प्रधानमन्त्री
ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु
ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु
३३ किलाे सुन प्रकरण: पक्राउ परेका एसएसपी खत्रीले प्रधानमन्त्री ओलीलाई सम्झीय पछि..
बाढीले बगाएर २ जना बेपत्ता
बाढीले बगाएर २ जना बेपत्ता
अमेरिका र इरानबीच युद्ध हुने नै हो ?
अमेरिका र इरानबीच युद्ध हुने नै हो ?
भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्व राष्ट्रपतिलाई तीन वर्षको जेल सजाय
भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्व राष्ट्रपतिलाई तीन वर्षको जेल सजाय

तपाईंले छुटाउनुभयो कि?