हलेसी आसपासका २३ वटा घरटहरा भत्काइयो

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
६५ पटक हेरिएको
Shares
हलेसी आसपासका २३ वटा घरटहरा भत्काइयो

सारांश

  • खोटाङ, १२ फागुन, धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसी बजार आसपासमा सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका घरटहरा भत्काउन शुरु गरिएको छ ।
  • हलेसी गुठी संस्थानको नाममा रहेको जग्गा तथा बजार आसपासमा जथाभावी बाटै छेकेर निर्माण गरिएका घरटहरा शुक्रबारबाट हटाउन शुरु गरिएको हो ।
  • मापदण्डविपरीतका संरचना हटाउन चौथो पटक दिएको म्याद बित्दासमेत अटेर गरेपछि डोजर लगाएर घरटहरा भत्काउन थालिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताउनुभयो ।

खोटाङ, १२ फागुन, धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसी बजार आसपासमा सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका घरटहरा भत्काउन शुरु गरिएको छ ।

हलेसी गुठी संस्थानको नाममा रहेको जग्गा तथा बजार आसपासमा जथाभावी बाटै छेकेर निर्माण गरिएका घरटहरा शुक्रबारबाट हटाउन शुरु गरिएको हो ।

मापदण्डविपरीतका संरचना हटाउन चौथो पटक दिएको म्याद बित्दासमेत अटेर गरेपछि डोजर लगाएर घरटहरा भत्काउन थालिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताउनुभयो । “सार्वजनिक सूचना प्रकाशन, सूचना टाँस एवं माइकिङ गरेर आग्रह गर्दासमेत स्थानीयले टेरेनन् ।” उहाँले भन्नुभयो, “नगरपालिकाका तर्फबाट गरिएको आग्रहलाई नमानेपछि बल प्रयोग गरिएको हो ।”

नगरपालिकाले हलेसी आसपासका २१ जना स्थानीयको २३ वटा घरटहरा डोजर लगाएर भत्काएको छ । मुआब्जा लिएर पनि सोही ठाउँमा घरटहरा निर्माण गरेर व्यापार व्यवसाय गरिरहेका सबैको घरटहरा भत्काइने नगरप्रमुख राईले बताउनुभयो ।

हलेसी बजारलाई सुन्दर धार्मिक तथा पर्यटकीय नगरीका रुपमा विकास गर्ने लक्ष्यका साथ नगरपालिकाले सार्वजनिक एवं सडक छेउको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरालगायतका संरचना हटाउन थालेको जनाइएको छ । हलेसीमा निर्माण भएका अधिकांश घर तथा टहरा गुठी संस्थानको नाममा रहेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिनुभयो ।

घरटहरा हटाउन जिल्लाबाट सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी सुरक्षाकर्मीसहितको टोली लिएर हलेसी पुग्नुभएको छ । नगरपालिकाले बल प्रयोग गरेर घरटहरा हटाएपछि कतिपय स्थानीयको विचल्ली भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संशोधन आवश्यक : सभापति देउवा
कास्कीमा राप्रपाले कांग्रेसलाई नसघाउने, प्रदेशसभाको उम्मेदवारी पनि कायम
कास्कीमा राप्रपाले कांग्रेसलाई नसघाउने, प्रदेशसभाको उम्मेदवारी पनि कायम
घोराहीमा बन्न थाल्यो चालीस लाखको लागतमा मनदिल भ्यूटावर
घोराहीमा बन्न थाल्यो चालीस लाखको लागतमा मनदिल भ्यूटावर
सरकारलार्इ च्यालेन्ज गर्दै कसले टाँस्यो रातारात यस्तो पोस्टर ?
सरकारलार्इ च्यालेन्ज गर्दै कसले टाँस्यो रातारात यस्तो पोस्टर ?
मकै पिसाउन मिलमा जाँदा खोलाले बगाएर मृत्यु
मकै पिसाउन मिलमा जाँदा खोलाले बगाएर मृत्यु
विश्व क्रिकेट लिग च्याम्पियनसिप नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै
विश्व क्रिकेट लिग च्याम्पियनसिप नेपाल र केन्याको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै
जितपुर सिमरामा उपमहानगरमा माओवादीका पौडेल विजयी
जितपुर सिमरामा उपमहानगरमा माओवादीका पौडेल विजयी
राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलकाे नेता चयन
राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलकाे नेता चयन
गैरजिम्मेवार अभिव्यक्तिले विपक्षीको घेरामा प्रधानमन्त्री
गैरजिम्मेवार अभिव्यक्तिले विपक्षीको घेरामा प्रधानमन्त्री
ब्रुमर सञ्चालनको ५ महीना पूराः सडकको अवस्था अझै उस्तै
ब्रुमर सञ्चालनको ५ महीना पूराः सडकको अवस्था अझै उस्तै

तपाईंले छुटाउनुभयो कि?