हस्तमैथुन गरेर फोहोर फ्याकेको ब्यालेट पेपर (कविता)
सारांश
- आफ्नै आम्दानी नभएर अविवाहित रहेका बेरोजागर युवाहरुले आजसम्मका सबै पार्टीका नेताहरुले विदेश वेचेका आजै विवाह गरेर भोलि एक्लै विदेश हिँड्नु परेका आफ्नै श्रीमतीसँग राम्रोसँग जवानीको रात बिताउन नपाएका नारायण गोपालले गाएको ‘त्यसै कति बिते मेरा चिसाचिसा रातीहरु!
- !
- गीत सम्झँदै श्रीमान सम्झिरहेका छातीमा श्रीमानको फोटो र, काखमा सिरानी च्यापिरहेका अन्ततः बाकसमा भरिएर आउने आफ्नो श्रीमानको लास कुरिरहेका नवविवाहिताहरुले नवविवाहितहरुले आफ्नो धर्म छोड्नुभन्दा आफ्नो कर्म छोड्नुभन्दा हस्तमैथुन गरेर फोहोर फ्याँकेका ब्यालेट पेपरहरुमा मेरो देशका नेताहरु आफ्नो भविष्य खोजिरहेछन् ।
आफ्नै आम्दानी नभएर अविवाहित रहेका
बेरोजागर युवाहरुले
आजसम्मका सबै पार्टीका नेताहरुले विदेश वेचेका
आजै विवाह गरेर भोलि एक्लै विदेश हिँड्नु परेका
आफ्नै श्रीमतीसँग राम्रोसँग
जवानीको रात बिताउन नपाएका
नारायण गोपालले गाएको ‘त्यसै कति बिते मेरा चिसाचिसा रातीहरु!!
गीत सम्झँदै श्रीमान सम्झिरहेका
छातीमा श्रीमानको फोटो
र, काखमा सिरानी च्यापिरहेका
अन्ततः बाकसमा भरिएर आउने
आफ्नो श्रीमानको लास कुरिरहेका
नवविवाहिताहरुले
नवविवाहितहरुले
आफ्नो धर्म छोड्नुभन्दा
आफ्नो कर्म छोड्नुभन्दा
हस्तमैथुन गरेर
फोहोर फ्याँकेका ब्यालेट पेपरहरुमा
मेरो देशका नेताहरु
आफ्नो भविष्य खोजिरहेछन् ।
आफ्नै छोराले
उसका लागि विकासे भाइ चाहियो भनेर
आमाको इच्छा विपरित
विकासे विदेशीबाट भाइ जन्माउनलाई
जबरजस्ती आमामाथि बलात्कार गरायो
विदेशी बाबु छानीछानी चुनावी पर्म लाएर
आमा रोइहँदा ताली बजायो
अस्पतालमा सिकिस्त छिन् आमा
उपचार गराएर घर फर्काउनु प्रतिगमन हो भन्छ
उताउतै आर्यघाट लैजानु अग्रगमन हो भन्छ
उसले पर्म लाएको ुविदेशी बाबुुले
आमाको बलात्कारपछि
वीर्य पुछेर फ्याँकेको ब्यालेट पेपरमा
आफ्नो भविष्य खोजिरहेछन्
धर्मनिरपेक्ष अधर्मीहरु यतिबेला ।
(साभार:स्वागत नेपाल को फेसबुक वालबाट ।)
प्रतिक्रिया