हितमान बुढाको पहलमा दिलबहादुर घर्तीलाई बचाउन १५ लाख संकलन

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ ३२, २०७५
|
|
४० पटक हेरिएको
Shares
हितमान बुढाको पहलमा दिलबहादुर घर्तीलाई बचाउन १५ लाख संकलन

सारांश

  • बाबुलाल बुढा साउदी अरब, ३२ असार ।
  • साउदी अरवमा जेल जीवन बिताइरहेका रोल्पाका दिलबहादुर घर्तीलाई बचाउन हितमान बुढाको पहलमा ५३,००७ साउदी रियल भन्दा बढी रकम संकलन भएको बताइएको छ ।
  • साउदी अदालतले दिलबहादुरलाई गाडी दुर्घटनामा मारेकै अभियोगमा २ वर्ष जेलपछि ६५ लाख नेपाली रुपैयाँ रकम ब्लड मनि फैसला गर्दा सायद नेता र क्रियाशील संघसंस्थाहरु आनाकानी गरिरहेको बेला आफ्नो एक महिनाको तलब घोषणा गर्दै अभियानमा जुटेका बुढाले साउदी लगायत विभिन्न देशमा पहल गरी आजसम्म १५ लाख भन्दा बढी रकम जम्मा भएको सहयोगी सुबिनराज सिर्पालीले बताएका छन् ।

बाबुलाल बुढा

साउदी अरब, ३२ असार । साउदी अरवमा जेल जीवन बिताइरहेका रोल्पाका दिलबहादुर घर्तीलाई बचाउन हितमान बुढाको पहलमा ५३,००७ साउदी रियल भन्दा बढी रकम संकलन भएको बताइएको छ । साउदी अदालतले दिलबहादुरलाई गाडी दुर्घटनामा मारेकै अभियोगमा २ वर्ष जेलपछि ६५ लाख नेपाली रुपैयाँ रकम ब्लड मनि फैसला गर्दा सायद नेता र क्रियाशील संघसंस्थाहरु आनाकानी गरिरहेको बेला आफ्नो एक महिनाको तलब घोषणा गर्दै अभियानमा जुटेका बुढाले साउदी लगायत विभिन्न देशमा पहल गरी आजसम्म १५ लाख भन्दा बढी रकम जम्मा भएको सहयोगी सुबिनराज सिर्पालीले बताएका छन् ।

सहयोगी सुबिनराज सेर्पालीले एक कार्यक्रममा उक्त कुरा सार्वजनिक गरेका हुन् । साउदीको जिजान भन्ने ठाउको लेबर क्याम्पमा चन्द्रबहादुर घर्ती मगरको अध्यक्षतामा सम्पन्न एक कार्यक्रमको प्रमुख अतिथि यज्ञ बुढा, सञ्चालक सुबिनराज सेर्पालीले गरेका थिए । आफूलाई सहयोग गर्ने टिमका प्रमुख अभियन्ताहरु सबिनराज सिर्पाली, जितबहादुर आले, दुर्गा पाण्डे, देबेन्द्र पुन, ब्यन्जन बुढा, गहराज घर्ती, आशा पुन, बिनोद बुढा, रमन बुढा, यज्ञ बुढा, अमृत रोका, चामबहादुर बुढा, हिमाल डाँगी, धनेश बीसी, जेबी मगर पीडित लगायत रहेका छन् । सम्पूर्ण सहयोगी दाताहरुलाई हितमान बुढाले विशेष धन्यवाद समेत दिएका छन् ।

उपराष्ट्रपतिपुत्र दिपेश पुनको संयोजकत्वमा बनेको मूल समितिका सदस्य रहेका बुढा युद्धकालमा जनयुद्धका शहीद कमान्डर बिजय घलेदेखि लिएर उपराष्ट्रपति पासाङको सहयात्री वा दायाँ हात मानिने हितमान बुढा युद्धकालमा रोल्पा रुकुमका कुशल पूर्व लडाकु कमान्डर समेत हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री र सातवटै मुख्यमन्त्री बालुवाटारमा भेला, के विषयमा भयाे छलफल?
प्रधानमन्त्री र सातवटै मुख्यमन्त्री बालुवाटारमा भेला, के विषयमा भयाे छलफल?
दूषित पानी पिउँदा गाँउनै बिरामी
दूषित पानी पिउँदा गाँउनै बिरामी
फेरि पनि प्रधानमन्त्री बन्न सक्छन् देउवा, किन…?
फेरि पनि प्रधानमन्त्री बन्न सक्छन् देउवा, किन…?
यातायात व्यवसायीकै माझमा उपराष्ट्रपति पुनले जनगुनासो सुनाएपछि…
यातायात व्यवसायीकै माझमा उपराष्ट्रपति पुनले जनगुनासो सुनाएपछि…
गाइजात्रादेखि कमेडी च्याम्पियन सुरु हुने
गाइजात्रादेखि कमेडी च्याम्पियन सुरु हुने
कैटरिना ट्विंकलदेखि किन डराउँछिन्?
कैटरिना ट्विंकलदेखि किन डराउँछिन्?
नागार्जुन नगरपालिकाको बजेट ९१ करोडः सडक, खानेपानी, ढल निकास, स्वास्थ्य विशेष प्राथमिकतामा
नागार्जुन नगरपालिकाको बजेट ९१ करोडः सडक, खानेपानी, ढल निकास, स्वास्थ्य विशेष प्राथमिकतामा
सशस्त्र प्रहरीद्वारा स्वास्थकर्मीसहितको एम्बुलेन्स सञ्चालन
सशस्त्र प्रहरीद्वारा स्वास्थकर्मीसहितको एम्बुलेन्स सञ्चालन
गुन्डा नाइके समिरमानसिंह बस्नेतकी श्रीमती पक्राउ
गुन्डा नाइके समिरमानसिंह बस्नेतकी श्रीमती पक्राउ
ऐतिहासिक मतान्तरसहित काठमाडौँ-९ मा विजयी डीपी अर्यालको गर्जन: भ्रष्टाचार विरुद्धको लडाइँ अब सुरु भयो
ऐतिहासिक मतान्तरसहित काठमाडौँ-९ मा विजयी डीपी अर्यालको गर्जन: भ्रष्टाचार विरुद्धको लडाइँ अब सुरु भयो