‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख २, २०७६
|
|
५५ पटक हेरिएको
Shares
‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो तर मैले भने नयाँ जीवन पाएँ’ : प्रहरी निरीक्षक लिम्बू

सारांश

  •     सोलुखुम्बु ।
  • नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गते बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदनप्रदानको कार्यक्रम चलिरहेको थियो तर त्यही बेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एयरको बिमान दुर्घटको खबरले अधिकांश दुखित भए ।
  • पर्यटक आउने याम भएकाले तेञ्जिङ हिलारी विमानस्थल लुक्ला यति बेला निक्कै व्यस्त रहन्छ ।
   
सोलुखुम्बु । नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गते बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदनप्रदानको कार्यक्रम चलिरहेको थियो तर त्यही बेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एयरको बिमान दुर्घटको खबरले अधिकांश दुखित भए ।
पर्यटक आउने याम भएकाले तेञ्जिङ हिलारी विमानस्थल लुक्ला यति बेला निक्कै व्यस्त रहन्छ । आइतबार पनि बिहानैदेखि उडान तथा अवतरण चलिरहेका बेला ९ः२० मा समिट एयरकोे ९ एन–एएमएच विमान दुर्घटनामा पर्योे । प्रत्यक्षदर्शी प्रहरी निरीक्षक देउप्रसाद लिम्बूका अनुसार धावनमार्गको दायाँ भागमा रहेको हेलिकोप्टर पार्किङस्थलमा मनाङ एयरको हेलिकोप्टर अवतरण भएको केही मिनेटमै एउटा विमान उडेको थियो । त्यतिबेलासम्म समिट एयर रनवेको बायाँपट्टी रहेको पार्किङस्थलमा नै उड्नका लागि तयार भएको थियो । 
लुक्लाबाट पर्यटक लिन रामेछापको मन्थली विमानस्थल उड्न लागेको विमान धावन मार्गको दुईसय मिटर पर पुगी एक्कासि दायाँतिर मोडियो र पार्किङ गरी राखिएको मनाङ र श्रीएयरको हेलिकोप्टरमा ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरी निरीक्षक लिम्बूले बताए ।
“बिहानैदेखि हामीसँगै थियांै ।” उनले भने, प्रहरी नायब निरीक्षकद्वय रामबहादुर खड्का र रुद्र श्रेष्ठ केहीमिटर तल हुनुहुन्थ्यो, हामी पनि त्यतै जाँदै थियौं, विमानको आवाज अलि फरक खालको सुनियो र फर्केर हेर्दा हामीतिरै विमान आउँदै गरेकाले माथिल्लो कुनातिर लाग्यांै, तर उहाँहरू पछाडि नफर्किएकाले हुनसक्छ दुबैलाई किच्दै हेलिप्याडमा पुगेर त्यहाँ रेहेको हेलिकोप्टरलाई समेत क्षति पु¥यायो, हामी तत्काल उद्धारमा जुट्यौ ।” प्रहरी निरीक्षक लिम्बूले भने, “दुई प्रहरी नायब निरीक्षकलाई हेर्दाहेर्दै विमानले किच्यो, खड्काको तत्काल मृत्यु भयो, श्रेष्ठ भने सख्त घाइते हुनुभयो ।” 
भावुक बनेका उनले बताए,“केही मिटरको दूरीमा रहनुभएका सहकर्मीको एकसेकेण्डमै मृत्यु भयो तत्काल खटियौँ, घाइतेलाई पाँच मिनेटमै काठमाडौँ पठायौं, अनि मृतकलाई केही समयपछि ।” दुर्घटनामा समिट एयरका सहचालक काठमाडौँको चावहिलका ३४ वर्षीया सुजित ढुङगाना, दोलखा घर भई लुक्लास्थित पर्यटन प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक ३९ वर्षीय रामबहादुर खड्काको घटनास्थलमै मृत्युभयो ।  
भोजपुर जिल्ला घर भएका प्रहरी नायब निरीक्षक ४२ वर्षीय रुद्र श्रेष्ठको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक लिम्बूले बताए । प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का पर्यटक प्रहरी कार्यालय लुक्लाका प्रमुख थिए भने रुद्र श्रेष्ठले विमानस्थल सुरक्षा गार्ड प्रमुख थिए । उनिहरु बिहानैदेखि विमानस्थलको सुरक्षाको लागि अन्य सहकर्मीसहित खटिएको प्रहरी निरीक्षक लिम्बूले बताए ।
आफू नाम्चे इलाका प्रहरी कार्यालयका प्रमुख भएपनि वसन्त ऋतुको यो याममा पर्यटकको चाप अत्याधिक हुनेभएपछि लुक्ला विमानस्थलमै खटिने गरेको उनको भनाइ थियो । 
विमानस्थलमा खटिएका प्रहरीले बिहानैदेखि खानासमेत नखाइकन दिउँसो उडान तथा अवतरण बन्द नभएसम्म बस्नुपर्ने हुन्छ त्यसैले आइतबार बिहान पनि सबैजना भोकै रहेको लिम्बूले सुनाए । चियासमेत नखाइकन सुरक्षामा बसेको साथीको ज्यान गयो । उनले भने, “भाग्यले बाँचियो, मेरै आखाँ अगाडि केही मिटरको फरकमा दुई सहकर्मी गुमाउनुपर्दा ज्यादै दुःख लागेको छ ।” लिम्बू भने, “तत्काल उद्धारमा लागिएकाले त्यसबेला केही महसुस भएन तर अहिले नयाँ जिन्दगी पाएछु जस्तो लागिरहेको छ ।”
“मैले नयाँजीवन पाएँ ।” उनले बताए, “घाइतेले पनि नयाँ जीवन पाए भन्दा फरक पर्दैन ।” घाइते हुनेमा काठमाडाँै कालिमाटीटोल घर भएका समिट एयरका चालक रविनाथ रोकाय, ललितपुर उपमहानगरपालिका भैैसेपाटी निवासी मनाङ एयरका चालक ४८ वर्षीय चेतबहादुर गुरुङ, मनाङ एयर लुक्लाका स्टेशन म्यानेजर खुम्बुपासाङ ल्हामु गाउँपालिका २ का ४३ वर्षीय लाक्पा छिरिङ शेर्पा र मनाङ एयरकै कर्मचारी खुम्बुपासाङ ल्हामु गाउँपालिका २ का ५५ वर्षीय स्याङबुचे कार्की रहेको प्रहरीले जनाएको छ ।
जोखिमपूर्ण विमानस्थलमध्ये एक मानिने लुक्ला विमानस्थलको रनवेको लम्बाइ सामान्य विमानस्थलको भन्दा निकै कम (५२७ मिटर) मात्र रहेको छ ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित ढंगबाट बाँडफाँड गर्नुपर्छ : उपाध्यक्ष शाक्य
केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित ढंगबाट बाँडफाँड गर्नुपर्छ : उपाध्यक्ष शाक्य
विश्वविद्यालयले सर्वसाधारणलाई सर्वसुलभ सेवा दिने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री
विश्वविद्यालयले सर्वसाधारणलाई सर्वसुलभ सेवा दिने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री
कोरोना संक्रमित संख्या ७ लाख नाघ्यो, ३४ हजार बराबरको मृत्यु
कोरोना संक्रमित संख्या ७ लाख नाघ्यो, ३४ हजार बराबरको मृत्यु
गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर दुर्घटना !
गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर दुर्घटना !
पहिलो नेपाली कोरोना संक्रमित यसरी निको भएर घर फर्केका थिए
पहिलो नेपाली कोरोना संक्रमित यसरी निको भएर घर फर्केका थिए
युरोपेली प्रविधिसहितको नयाँ स्कोडा कुशाक बजारमा, खरिदकर्ता र चालक दुवैलाई आकर्षित गर्ने दाबी
युरोपेली प्रविधिसहितको नयाँ स्कोडा कुशाक बजारमा, खरिदकर्ता र चालक दुवैलाई आकर्षित गर्ने दाबी
सरकारको लक्ष्य समृद्धि र विकास : मुख्यमन्त्री राई
सरकारको लक्ष्य समृद्धि र विकास : मुख्यमन्त्री राई
अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको एक वर्ष पूरा
अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको एक वर्ष पूरा
स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई छ हजार भत्ता !
स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई छ हजार भत्ता !
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु
भारतमा ‘कोविड १९’ संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दाबढीको मृत्यु

तपाईंले छुटाउनुभयो कि?