२४ घन्टामा १९ जना कोरोना संक्रमितको निधन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २९, २०७७
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • पछिल्लो २४ घन्टामा देशभर थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा निधन हुनेको सख्या ६ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • आज देशभर नयाँ संक्रमित ३७ सय ४९ थपिएका छन् ।

पछिल्लो २४ घन्टामा देशभर थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा निधन हुनेको सख्या ६ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज देशभर नयाँ संक्रमित ३७ सय ४९ थपिएका छन् । आज थपिएका मध्ये आधा भन्दा धेरै कोरोना संक्रमित काठमाडौं उपत्यकाका रहेका छन् । काठमाडौंमा मात्र १९ सय ३५ जना संक्रमित आज थपिएका हुन् ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार १६ हजार ५ सय ९८ जनाको पिसीआर परीक्षणमा गरेकोमा ३७ सय ४९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । त्यसैगरी देशभर हालसम्म संक्रिय संक्रमितको सख्या ३६ हजार ५ सय ३३ रहेको छ । देशका विभिन्न स्थानमा क्वारेन्टाइनमा बस्नेको सख्या ४ हजार ८ सय २५ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?