२५ लाख दक्षिण कोरियाली नागरिकलाई घर बाहिर नआउन निर्देशन
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
सियोल, फागुन ९ । दक्षिण कोरियाली डाइगुका मेयर क्वोन योङ–जिनले नगर क्षेत्रमा कोभिड–१९ जिवाणुको संक्रमण देखिन थालेको भन्दै २५ लाख मानिसलाई घरभित्रै बस्न आग्रह गरेका छन्।
उनले पत्रकार सम्मेलनमार्फत रोगविरुद्ध लड्न केन्द्रीय सरकारसँग आग्रह पनि गरेका छन्। उनले सम्भव भए घरभित्र पनि मास्क लगाएर बस्न सर्वसाधारणलाई आग्रह गरे। दक्षिण कोरियाको दक्षिणपूर्वमा रहेको डाइगु नगर क्षेत्रमा बिहीबार ३५ जनामा कोरोना जीवाणुको संक्रमण देखिएको थियो।
कोरियाली संक्रमक रोग नियन्त्रण एवं रोकथाम केन्द्र ९केसिडिसी०ले ३५ जना नयाँ बिरामीमध्ये २८ जना हालैमात्र चर्चमा गएका व्यक्ति रहेको जनाएको छ। उक्त चर्चमा एक जना कोभिड–१९ संक्रमित व्यक्ति पनि सहभागी भएका थिए। केसिडिसीका अधिकारीले विदेश भ्रमण नगरेकी ६० वर्ष हाराहारीकी ती दक्षिण कोरियाली महिलामा रोग संक्रमण देखिएको थियो।
बुधबार नगर कार्यालयले १३ जनामा कोभिड–१९ जीवाणु संक्रमित भएको जनाएको थियो। तीमध्ये ११ जना तिनै महिला सहभागी रहेको चर्चको कार्यक्रममा भेला भएका थिए वा अस्पतालमा ती महिलाबाट अरुमा संक्रमण भएको थियो। दक्षिण कोरियामा हालसम्म ८२ जनामा कोभिड–१९ जीवाणुको संक्रमण देखिएको छ।
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका अनुसार मेयर क्वोनसँगको टेलिफोन कुराकानीमा राष्ट्रपति मुन जाए–इनले कोभिड–१९ जीवाणुको थप संक्रमण रोक्न सम्पूर्ण सहयोग गर्ने बताएका थिए।
कोभिड–१९ जीवाणुको संक्रमण बढ्न थालेसँगै डाइगु नगरका सडक सुनसान हुन थालेको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ।
प्रतिक्रिया