३३ किलो सुन काण्डका नाइके छाड्नेलाई सर्वोेच्चले सोध्यो, ‘किन छोडेको?’

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र २६, २०७४
|
|
५१ पटक हेरिएको
Shares
३३ किलो सुन काण्डका नाइके छाड्नेलाई सर्वोेच्चले सोध्यो, ‘किन छोडेको?’

सारांश

  • काठमाडौं – सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्तलाई धरौटीमा थुनामुक्त गर्ने जिल्ला र उच्च अदालतको निर्णय मगाएको छ।
  • न्यायाधीश शारदाप्रसाद घिमिरेको एकल इजलासले सुन तस्करीका आरोपितलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला र उच्च अदालत पाटनको निर्णय–कैफियत मगाउन आइतबार आदेश दिएको हो।
  •  आजको नागरिक दैनिकमा खबर छ ।

काठमाडौं – सर्वोच्च अदालतले साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्तलाई धरौटीमा थुनामुक्त गर्ने जिल्ला र उच्च अदालतको निर्णय मगाएको छ। न्यायाधीश शारदाप्रसाद घिमिरेको एकल इजलासले सुन तस्करीका आरोपितलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला र उच्च अदालत पाटनको निर्णय–कैफियत मगाउन आइतबार आदेश दिएको हो। आजको नागरिक दैनिकमा खबर छ ।

सुन तस्करीका मुख्य अभियुक्तलाई छाड्ने जिल्ला अदालत र उच्च अदालतविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्चमा पुगेको थियो। जिल्ला अदालत र उच्च अदालतले गत वर्ष साढे ३३ किलो सुन तस्करी काण्डका मुख्य अभियुक्त रोशन भनिने गुप्तलाल भुसाललाई धरौटीमा रिहा गर्ने निर्णय गरेका थिए।

प्रहरीले सुन तस्करीका मुख्य अभियुक्त मानेका भुसाललाई जिल्ला अदालत काठमाडौंले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उच्च अदालत पाटनले पनि जिल्ला अदालतको निर्णयलाई सदर गरेपछि महान्यायाधिवक्ताको कार्यालय अन्तरकालीन आदेशविरुद्धको निवेदनसहित सर्वोच्च पुगेको हो।

सुन तस्करी र संगठित अपराध संलग्न व्यक्तिलाई जिल्ला अदालतले थुनछेक बहसमै धरौटीमा रिहा गर्नु गलत निर्णय भएको भन्दै गत बिहिबार सर्वोच्चमा निवेदन दर्ता गरिएको थियो।

घटना यस्तो थियो…
२०७३ साल पुस २१ गते गैरकानुनी बाटोबाट नेपाल भित्रिँदै गरेको ३३ किलो ५ सय ७७ दशमलब ४० ग्राम सुन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको थियो।

त्यसपछि ब्युरोले १७ करोड बढी रुपैयाँ बिगो दाबी गर्दै ३३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। भुसाल जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि फरार भएका थिए। केही समयपछि उनी आफैं अदालतमा उपस्थित भएका थिए। त्यसपछि भएको थुनछेक बहसमा जिल्ला अदालतले उनलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने प्रयासमा छ : प्रधानमन्त्री
सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने प्रयासमा छ : प्रधानमन्त्री
म्याग्दीमा घोडादौड प्रतियोगिता सम्पन्न, दौडमा कास्कीका हितमान गुरुङ प्रथम
म्याग्दीमा घोडादौड प्रतियोगिता सम्पन्न, दौडमा कास्कीका हितमान गुरुङ प्रथम
नेपाली महिला फुटबल टोलीलाई बिदाइ साथै सफलताको शुभकामना
नेपाली महिला फुटबल टोलीलाई बिदाइ साथै सफलताको शुभकामना
माओवादीमा अन्तरविरोध, मन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी
माओवादीमा अन्तरविरोध, मन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी
झापामा हतियार र लागूऔषधसहित दुई जना पक्राउ !
झापामा हतियार र लागूऔषधसहित दुई जना पक्राउ !
टी–२० विश्वकप छनोटः क्यानडाको लगातार तेस्रो जित, टेष्ट राष्ट्र आयरल्याण्ड पराजित
टी–२० विश्वकप छनोटः क्यानडाको लगातार तेस्रो जित, टेष्ट राष्ट्र आयरल्याण्ड पराजित
घरेलु र सामाजिक हिसांमा बाँच्दै एकल महिला
घरेलु र सामाजिक हिसांमा बाँच्दै एकल महिला
विस्थापित गराउँदै मौलिक हातेकलालाई प्लाष्टिकका सामानले
विस्थापित गराउँदै मौलिक हातेकलालाई प्लाष्टिकका सामानले
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
लोकतन्त्रको आज एक दशक…
लोकतन्त्रको आज एक दशक…

तपाईंले छुटाउनुभयो कि?