३३ किलो सुन पकरण: २८ करोड रुपैयाँ बराबरको धनमाल राष्ट्र बैंकको जिम्मा
सारांश
- काठमाडाै, ३१ जेठ ।
- सरकारले सुन तस्करी र सनम शाक्य हत्याका प्रतिवादी आरके भन्ने राजेन्द्रकुमार शाक्यले सञ्चालन गरेको आरके डायमण्ड र आरके ज्वैलर्सबाट बरामद २८ करोड रुपैयाँ बराबरको धनमाल राष्ट्र बैंकको जिम्मा लगाएको छ।
- तीन हजार ८ सय किलो सुन तस्करी तथा सनम शाक्य हत्याकाण्डको अनुसन्धान गरिरहेको सरकारी समितीले सोमबार९२८ जेठ २०७५० मा मुद्दाका प्रतिवादी आरके सञ्चालक रहेका तीन सुनचाँदी र हिरा पसलमा छापा मारेर २८ करोड रुपैयाँ भन्दा बढिको धनमाल बरामद गरेको थियो।
काठमाडाै, ३१ जेठ । सरकारले सुन तस्करी र सनम शाक्य हत्याका प्रतिवादी आरके भन्ने राजेन्द्रकुमार शाक्यले सञ्चालन गरेको आरके डायमण्ड र आरके ज्वैलर्सबाट बरामद २८ करोड रुपैयाँ बराबरको धनमाल राष्ट्र बैंकको जिम्मा लगाएको छ।
तीन हजार ८ सय किलो सुन तस्करी तथा सनम शाक्य हत्याकाण्डको अनुसन्धान गरिरहेको सरकारी समितीले सोमबार९२८ जेठ २०७५० मा मुद्दाका प्रतिवादी आरके सञ्चालक रहेका तीन सुनचाँदी र हिरा पसलमा छापा मारेर २८ करोड रुपैयाँ भन्दा बढिको धनमाल बरामद गरेको थियो।
समितीका संयोजक ईश्वरराज पौडेलले आरकेबाट बरामद धनमाल संगठित अपराध निवारण ऐन अनुसार जफत गरि राष्ट्र बैंकलाई बुझाएको पुष्टि गरे। उनले बरामद सामाग्री र शिलबन्दी गरेका स्थानबाट सम्पत्ति रोक्का राख्न राष्ट्र बैंकको जिम्मा लगाएको बताए।
‘बरामद मुल्यवान सामाग्री र सम्पत्ति रोक्का राख्नका लागि बैंकको जिम्मा लगाएका हौं, दोषी देखिए राज्यको खातामा जानेछ’ पौडेलले भने । उनकै नेतृत्वमा सोमबार एकै समय दरबारमार्गमा रहेको आरके डायमण्ड, नयाँ सडकमा रहेको आरके ज्वैलर्स र बिशालबजारभित्र रहेको आरके ज्वैलर्समा छापा मारेको थियो। समितीले संगठित अपराध निवारण ऐन २०७० को दफा १५ र १६ अनुसार शाक्यले संगठित अपराधबाट आर्जेको धन बरामद गरेर बैंकको जिम्मा लगाएको जनाएको छ।
ऐन अनुसार संगठित अपराध गरि आर्जन गरेको चलअचल सम्पत्ती रोक्का र नियन्त्रणमा लिनसक्ने कानुनी प्रावधान रहेको छ।
‘अदालतको अनुमति लिएर ऐनको अधिनमा रही कारवाही भएको हो, जफत भएको धनमाल राष्ट्र बैंकमा बुझाएका छौं,’ संयोजक पौडेलले भने।
समितीले आरके डायमण्ड र ज्वैलर्समा रहेको सुनका गरगहना सहितका सामाग्री स्थानीय प्रहरी र प्रशासनको रोहबरमा बरामद गरेको थियो। तीनै स्थानका सामाग्री फरक–फरक बाकसमा राखेर लाहाछाप लगाई शिलबन्दी गरिएको छ।
एमकेका तीन गाडी बरामद
समितीले शुक्रबार छापा मारेका अर्का मुख्य प्रतिवादी एमके भन्ने मोहनकुमार अग्रवालको घरबाट बरामद सम्पत्ति समेत राष्ट्र बैंकलाई बुझाएको छ। समितीले बुधबार अग्रवालले विभिन्न स्थानमा लुकाएर राखेका तीन थान सवारीसाधन समेत बैंकमा बुझाएको हो।
समितीले शुक्रबार एमकेको कालिकास्थानमा रहेको घरमा छापा मारेर ३० लाख नगद, सुन, चाँदी, कागजपत्र र एकथान सवारी साधन बरामद गरेको थियो।
प्रतिक्रिया