६९४ जना सुरक्षाकर्मीलाई कोराना संक्रमण

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण २९, २०७७
|
|
४५ पटक हेरिएको
Shares
६९४ जना सुरक्षाकर्मीलाई कोराना संक्रमण

सारांश

  • नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीतर्फका गरी बुधबारसम्म ६ सय ९४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
  • सुरक्षा अंगमा धमाधम संक्रमणको गति बढ्दै गएपछि सबै सुरक्षा निकायले उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न थलेका छन् ।
  • यसैगरी, सबै सुरक्षा निकायले आफ्ना अंगका सुरक्षाकर्मीका लागि उपलब्ध गराउँदै आएको सबै किसिमका बिदासमेत बन्द गरेका छन् ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीतर्फका गरी बुधबारसम्म ६ सय ९४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । सुरक्षा अंगमा धमाधम संक्रमणको गति बढ्दै गएपछि सबै सुरक्षा निकायले उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न थलेका छन् ।

यसैगरी, सबै सुरक्षा निकायले आफ्ना अंगका सुरक्षाकर्मीका लागि उपलब्ध गराउँदै आएको सबै किसिमका बिदासमेत बन्द गरेका छन् । बिदाबाट फर्केकाहरूलाई समेत सेल्फ क्वारेन्टिनमा बस्न भनिएको छ भने बिदाबाट फर्केका सुरक्षाकर्मीलाई धमाधम परीक्षणसमेत गराइएको छ ।

संक्रमणबाट बच्न प्रहरी प्रधान कार्यालयले तालिम केन्द्रहरूले दिने गरेको डे, नाइट तथा घन्टे आउटजस्ता बिदासमेत कटौती गर्न निर्देशन दिएको छ ।

यसैगरी, प्रहरी प्रधान कार्यालयले प्रदेश प्रमुख, संघीय प्रहरी इकाइ, जिल्ला प्रमुखलगायत प्रमुखको जिम्मेवारीमा रहेका प्रहरी अधिकारीलाई अति आवश्यकबाहेकका अवस्थामा ब्यारेक छाडेर बाहिर ननिस्कन र बिदा नबस्न भनेको छ ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार नेपाल प्रहरीतर्फ बुधबारसम्म २ सय ८५ जनामा संक्रमण पुिष्ट भइसकेको छ ।

नेपाल प्रहरीतर्फ उपचारपछि १ सय ६५ जना निको भएर नियमित काममा फर्किएका छन भने अन्य १ सय २० जना संक्रमित भने उपचाररत छन् ।

यसैगरी, सशस्त्र प्रहरीतर्फ बुधबार साँझसम्म १ सय ८५ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये ६७ जनाको हाल विभिन्न कोभिड अस्पतालमा उपचार जारी छ । अन्य ११९ जना भने उपचारपछि निको भएर नियमित काममा फर्किएका छन् ।

यस्तै, नेपाली सेनातर्फ बुधबार साँझसम्म २ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७८ जना उपचारपछि निको भइसकेका छन् भने १ सय ४६ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार जारी छ । सेनातर्फ मंगलबार दाङमा एकै पटक २९ जनामा संक्रमण पुष्टि भएको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठक निष्कर्षविहीन
प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठक निष्कर्षविहीन
एकीकृत समाजवादीकाे संसदीय दलको बैठक बस्दै
एकीकृत समाजवादीकाे संसदीय दलको बैठक बस्दै
‘रुपाली’ होलीको महत्व बढ्दै
‘रुपाली’ होलीको महत्व बढ्दै
३३ जिल्लामा आकस्मिक बाढीको जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
३३ जिल्लामा आकस्मिक बाढीको जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आफ्नै घरबाट गाँजा बिक्री गर्ने महिला पक्राउ
आफ्नै घरबाट गाँजा बिक्री गर्ने महिला पक्राउ
एमालेले भन्यो, ‘सुशीला योग्य, निडर र क्षमतावान प्रधानन्यायाधीश’  !
एमालेले भन्यो, ‘सुशीला योग्य, निडर र क्षमतावान प्रधानन्यायाधीश’ !
रूखले किच्यो डाक्टर बन्ने सपना
रूखले किच्यो डाक्टर बन्ने सपना
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
कोलम्बियासँग ३-० गोलपछि पोल्याण्ड विश्वकपबाट बाहिरियो
कोलम्बियासँग ३-० गोलपछि पोल्याण्ड विश्वकपबाट बाहिरियो
वर्षा नहुँदा पर्साको रोपाइँ ३५ प्रतिशत मात्र
वर्षा नहुँदा पर्साको रोपाइँ ३५ प्रतिशत मात्र

तपाईंले छुटाउनुभयो कि?