७० वर्षीय वृद्ध बालिका बलात्कारको आरोपमा पक्राउ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख १४, २०८०
|
|
३७ पटक हेरिएको
Shares
७० वर्षीय वृद्ध बालिका बलात्कारको आरोपमा पक्राउ

सारांश

  • बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ बैतडी ।
  • बालिका बलात्कारको आरोपमा बैतडीमा एकजना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका– ७० वर्षीय वृद्ध रहेका छन् ।

बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ
बैतडी । बालिका बलात्कारको आरोपमा बैतडीमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका– ७० वर्षीय वृद्ध रहेका छन् ।

पीडित बालिका र आरोपित वृद्धको थर एउटै रहेकाले नाम सार्वजनिक नगरिएको इलाका प्रहरी कार्यालय, पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए ।

गत पुसमै बालिकामाथि बलात्कार भएको भए पनि आरोपित वृद्धले घटनाबारे कसैलाई भने ज्यान मार्ने धम्की दिँदै आएकाले ढिला गरी घटना बाहिरिएको हो । पीडित बालिकाकी आमाले वृद्धको नाममा जाहेरी दिएपछि उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ ।

उनीमाथि जबरर्जस्तीकरणीसम्बन्धी मुद्दा दर्ता भइ १० दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्यपरीक्षण गरिएको र रिपोर्ट आउँन बाँकी रहेको प्रहरी निरीक्षक चौधरीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?