८ वर्षीय एक बालकको ढुंगाले लागेर मृत्यु

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण २०, २०८०
|
|
३७ पटक हेरिएको
Shares
८ वर्षीय एक बालकको ढुंगाले लागेर मृत्यु

सारांश

  • बैतडी ।
  • बैतडीमा ढुंगा लागेर ८ वर्षीय एक बालकको ज्यान गएको छ भने एक गम्भीर घाइते भएका छन्।
  • जिल्लाको सिगास गाउँपालिका–४ रक्सौनका रेशम विकको ढुंगा लागेर मृत्यु भएको हो ।

बैतडी । बैतडीमा ढुंगा लागेर ८ वर्षीय एक बालकको ज्यान गएको छ भने एक गम्भीर घाइते भएका छन्।

जिल्लाको सिगास गाउँपालिका–४ रक्सौनका रेशम विकको ढुंगा लागेर मृत्यु भएको हो ।

विकको देउलेक–कान्धार सडकअन्तर्गत गुरलधार भन्ने स्थानबाट खसेको ढुंगा लागेर मृत्यु भएको स्रोतले जनाएको छ ।

सडक तलतिर खेलिरहेका वेला एक्कासी ढुंगा खसेर बालबालिकालाई लागेको थियो । ढुंगा लागेर रेशमको घटनास्थलमै मृत्यु भएको हो भने सिगास गाउँपालिका–३ गजेडाका ७ वर्षीय अनिल चुनारा घाइते भएका छन् ।

अनिलको धनगढीमा उपचार भइरहेको छ। मामा घर आएका चुनारा पनि बालबालिकासँग खेल्न गएका थिए । मृतक रेशम जनाधार आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?