Saturday, May 18
Shadow

टिपरको ठक्करबाट हजुरबुबा र नातिनीको मृत्यु भएपछि मिलनचाेकमा तनाव


  • -इ
  • इ+

विराटनगर, २१ फागुन । टिपरको ठक्करबाट हजुरबुबा र नातिनीको मृत्यु भएपछि विराटनगर-विराटचाेक सडक खण्डमा तनाव भएको छ ।

मंगलबार राति साढे ९ बजे विराटनगर– १९ मिलनचोकमा टिपरले अटोलाई ठक्कर दिँदा एकै परिवारका दुई जनाको मृत्यु भएपछि तनाव उत्पन्न भएको हो ।

विराटचोक–घिनाघाट सडकखण्डमा विराटनगरतर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिपरको ठक्करबाट ४५ वर्षीय बाबुराम सरदार र उनकी नातिनी ६ वर्षीया सविता सरदारको मृत्यु भएको थियो ।

पूर्वतर्फ जाँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटोलाई टिपरले ठक्कर दिँदा अटो चालक मोरङ ग्रामथान गाउँपालिका–२ बस्ने बाबुराम र उनको नातिनी सविताको घटनास्थलमै मृत्यु भएको थियो ।

एकै परिवारका दुई जनाको मृत्यु भएपछि बुधबार बिहानैदेखि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको छ ।

दुर्घटना पछि आक्राेशित बनेका स्थानीय र आफन्तले मंगलबार राति नै टिपरमा आगजनी गरेका थिए ।

टिपर चालक जिल्ला सुनसरी रामधुनी नगरपालिका–५ का ३३ वर्षीय हरेराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्