Saturday, May 4
Shadow

मुख्यमन्त्री राईलाई यौन हिंसामा फसाउन खाेज्ने महिला पक्राउ


  • -इ
  • इ+

काठमाडौं । आफूलाई पटक पटक प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यौन हिंसा गरेको आरोप लगाउने बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सत्तारूढ (नेकपा) को पेरिसडाँडास्थित कार्यालयमा प्रवेश गर्न खोजेपछि आइतबार बिहान उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग, कोटेश्वरका प्रहरी सहायक निरीक्षक विवेक विसुङ्खेले जानकारी दिए।

उनले भने, ‘सचिवालय बैठक अगावै उहाँ कार्यालय पुग्नु भएको रहेछ, शंकास्पद गतिविधि गरेको देखिएपछि उहाँलाई पक्राउ गरिएको हो।’ प्रहरीले महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखेर उनीमाथि आवश्यक अनुसन्धान सुरु गरेको छ।

पछिल्लो समय उनी आफू शेरधनकी श्रीमती भएको दावी गर्दै नाता कायम गरेर अंश दिलाई पाउँ भनि अदालतसम्म पुगेकी थिइन्। तर प्रमाण पुर्‍याउन नसकेको भनी काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता केहि दिन अगाडि मात्र लिएकी छन्। काठमाडौं जिल्ला अदालतले कार्तिक १८ गतेलाई तारेखसम्म तोकिसकेको थियो।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्