Saturday, May 18
Shadow

राष्ट्रियसभा सदस्यहरूको सपथग्रहणमा यस्तो देखियो (फोटो फिचर )


  • -इ
  • इ+

२१ फागुन, काठमाडौं ।

राष्ट्रिय सभाका १८ सदस्यहरुले बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद मिलिल्सिनाले बुधबार बिहान संसद भवनको ल्होत्से हलमा सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहण गर्नेहरुमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का २ जना छन् । उनीहरु गत माघ ९ गते भएको राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका थिए ।

सपथ ग्रहण गर्नेहरुमा नारायणकाजी श्रेष्ठ, बेदुराम भुसाल, देवेन्द्र दाहाल, इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह र मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।

 

यसैगरी भगवती न्यौपाने, तारामान स्वाँर, शारदादेवी भट्ट, सुमित्रा विसी, मायाप्रसाद शर्मा, गोपाल भट्टराई, विमला घिमिरे, गंगाकुमारी बेल्बासे र जगतप्रसाद शर्माले पनि आज नै सपथ ग्रहण गरेका छन् ।

राजपाका शेखरकुमार सिंह जातीय पहिरनमा देखिए पनि अन्यले राष्ट्रिय पोशाक लगाएका थिए ।

 

मंगलबार राष्ट्रपतिबाट मनोनित डा. युवराज खतिवडासहित १९ जनाको कार्यकाल सकिएको थियो । १८ पदका लागि गत माघ ९ गते निर्वाचन भएको थियो । डा. खतिवडाको स्थानमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई मनोनित गर्ने निर्णय पार्टी सचिवालयले गरे पनि सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको छैन । पार्टी सचिवालयमा एकमतले निर्णय गरे पनि  प्रधानमन्त्री केपी शर्मा ओली गौतमलाई सिफारिस गर्न तयार नदेखिएको नेकपा नेताहरु बताउँछन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्