Sunday, May 19
Shadow

अर्थमन्त्री खतिवडाले ६ महिनापछि के गर्लान् ?


  • -इ
  • इ+

काठमाडौं । राष्ट्रिय सभा सदस्यको म्याद सकिएपछि हिजोमात्रै राजिनामा दिएका अर्थमन्त्री युवराज खतिवडा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागी त्रिवि शिक्षण अस्पतालको अप्रेशन थिएटर लैजानु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् ।

संविधान अनुसार, खतिवडा अब ६ महिनासम्म अर्थमन्त्री रहन सक्छन् । त्यसबीचमा उनी संघीय संसदको सदस्य नबनेमा स्वतः उनी मन्त्रीबाट हट्नेछन् ।

खतिवडालाई राष्ट्रपति विद्यादेवि भण्डारीले बुधबार अपरान्ह ४ बजे सपथ गराउने कार्यक्रम तय भएको बताइएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्