Monday, May 6
Shadow

जिप दुर्घटना : चालकको मृत्यु, ६ जना घाइते


  • -इ
  • इ+

बैतडी: दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा आइतवार बिहान जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।  मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय  धनसिंह बडाल रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। दुर्घटनामा दुहु–४ का २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१  वर्षीय  प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीय द्रोपती जोशी रहेका छन्। घाइतेमध्ये सुरेन्द्र, हरक, प्रेम र धनराजको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी दिए। घाइतेहरुको बैतडीमा उपचार हुन नसकेकाले अन्यत्र रेफरको तयारी भएकोे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। धनगढीबाट दार्चुला जाँदै गरेको अनटेष्ट (१२५७) जिप आइतबार बिहान २ बजे पाटन नगरपालिका–६ पनतोलीमा दुर्घटनामा परेको हो। जिप सडकबाट २५० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुलेको छैन।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्