Wednesday, May 8
Shadow

म्याग्दीमा १२ जनाको शव भेटियो, २३ जना अझै बेपत्ता


  • -इ
  • इ+

म्याग्दी । म्याग्दीको पहिरोमा हराइरहेकामध्ये १२ जनाको शव भेटिएको छ, २३ जना अझै बेपत्ता छन् ।

बिहीबार राति परेको वर्षाका कारण म्याग्दीका बिभिन्न ठाउँमा गएको बाढीपहिरोमा परेर धेरै मानिस वेपत्ता भएका थिए । शुक्रबार तीन जनाको शव भेटिएको थियो ।

धवलागिरि गाउँपालिका ६ मराङमा एक बालकसहित ९ जनाको शव भेटिएको म्याग्दी प्रहरी प्रमुख डीएसपी किरणजङ कुँवरले जानकारी दिए । उनीहरूको थप विवरण आउन बाँकी छ ।

मराङमा एक सुत्केरी महिलासहित ८ जनालाई तत्काल उद्धार गर्नुपर्ने देखिएको छ भने ५ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

उद्धार टोली अझै मराङ पुग्न सकेको छैन । मालिका बिममा भने टोली पुगेको छ । बिममा ९ जना पहिरोमा पुरिएका छन् ।

शुक्रबार उद्धार टोली लिएर हेलिकप्टर जान लागेको थियो । तर पानी र हुस्सुका कारण तीन पटकसम्म हेलिकप्टर फर्किएको थियो ।

अझै बेपत्ता हुनेहरुमा धवलागिरि ६ मराङका १४ जना र मालिका गाउँपालिका ७ बिमका ९ जना छन् ।

धवलागिरि गाउँपालिका ७ ताकमका पहिरोमा परि ज्यान गुमाएका २ र रघुगंगा गाउँपालिकाको डाडाखानीमा खोलाले बगाएको एक जनाको शव शुक्रबार नै फेला परेको थियो ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्