Saturday, May 18
Shadow

Tag: म्याग्दी

म्याग्दी पहिरोमा बेपत्ता भएका  तीन जना जीवितै सम्पर्कमा

म्याग्दी पहिरोमा बेपत्ता भएका तीन जना जीवितै सम्पर्कमा

गण्डकी प्रदेश
म्याग्दी।म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङमा तीन दिनअघिको पहिरोमा हराइरहेका थप एक जनाको शव भेटिएको छ। मराङको कुम्रीका खिमबहादुर जुग्जालीको शव भेटिएसँगै म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरोमा परिएर मृत्यु हुनेको सङ्ख्या २८ जना पुगेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए। प्रहरीका अनुसार बेपत्ता भएका तीन जना जीवितै सम्पर्कमा आएका छन्। चार जना अझै बेपत्ता छन्। मराङका १९, मालिका–७ बिमका आठ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको शव भेटिएको छ। पहिरोले पुरिएका मालिका–७ बिमकी एलिसा केसी, धवलागिरि–६ कल्लेनीकी जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता भएकी मालिका–६ की गीता रोका भेटिएका छैनन्। प्रहरीका अनुसार पहिराको जोखिममा रहेका धवलागिरि गाउँपालिकाका ५९०, मालिकाका १९६, रघुगङ्गाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ। पहिरोमा...
म्याग्दीमा पहिरो : २७ जनाको मृत्यु, झण्डै एक हजार विस्थापित

म्याग्दीमा पहिरो : २७ जनाको मृत्यु, झण्डै एक हजार विस्थापित

गण्डकी प्रदेश, समाज
म्याग्दी । म्याग्दीमा शुक्रबार परेको वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । चार जना अझै हराइरहेका छन् भने १२ जना घाइतेको बेनी, पोखरा र काठमाडौंको अस्पतालमा उपचार भइरहेको छ । पहिरो धवलागिरी गाउँपालिकाको मराङ, कल्लेरी, राम्चे र रिखामा धनजनको क्षती गरेको छ । यस्तै मालिका गाउँपालिकाको बिमा, दुले र नुरवाङमा धेरै क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय, म्याग्दीबाट प्राप्त वितरणअनुसार धवलागिरी गाउँपालिकामा मात्र १८ जनाको मृच्यु भएको छ । मृत्यु हुनेमा धवलागिरी-६ मराङका तुबहालुर क्षेत्री, सुकना लामागादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कलला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली छन् । यस्तै १८ वर्षका प्रकाश केसी, अन्दाजी ३३ वर्षकी हिरा मति जुग्जाली, अ. ७ वर्षकी करिश्मा, अ. ५ वर्षकी कञ्चन, ५५ वर्षकी गौशरा, २० वर्षकी दिमा, उनक...
म्याग्दीमा १२ जनाको शव भेटियो, २३ जना अझै बेपत्ता

म्याग्दीमा १२ जनाको शव भेटियो, २३ जना अझै बेपत्ता

गण्डकी प्रदेश, समाज
म्याग्दी । म्याग्दीको पहिरोमा हराइरहेकामध्ये १२ जनाको शव भेटिएको छ, २३ जना अझै बेपत्ता छन् । बिहीबार राति परेको वर्षाका कारण म्याग्दीका बिभिन्न ठाउँमा गएको बाढीपहिरोमा परेर धेरै मानिस वेपत्ता भएका थिए । शुक्रबार तीन जनाको शव भेटिएको थियो । धवलागिरि गाउँपालिका ६ मराङमा एक बालकसहित ९ जनाको शव भेटिएको म्याग्दी प्रहरी प्रमुख डीएसपी किरणजङ कुँवरले जानकारी दिए । उनीहरूको थप विवरण आउन बाँकी छ । मराङमा एक सुत्केरी महिलासहित ८ जनालाई तत्काल उद्धार गर्नुपर्ने देखिएको छ भने ५ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । उद्धार टोली अझै मराङ पुग्न सकेको छैन । मालिका बिममा भने टोली पुगेको छ । बिममा ९ जना पहिरोमा पुरिएका छन् । शुक्रबार उद्धार टोली लिएर हेलिकप्टर जान लागेको थियो । तर पानी र हुस्सुका कारण तीन पटकसम्म हेलिकप्टर फर्किएको थियो । अझै बेपत्ता हुनेहरुमा धवलागिरि ६ मराङका १४ जना र मा...
म्याग्दीमा पहिरोमा परी ३ जनाको मृत्यु, ३१ बेपत्ता

म्याग्दीमा पहिरोमा परी ३ जनाको मृत्यु, ३१ बेपत्ता

गण्डकी प्रदेश, समाज
म्याग्दी। लगातारको वर्षापछि आएको पहिरो र बाढीका कारण म्याग्दीमा ३ जनाको मृत्यु भएको छ, ३१ जना बेपत्ता भएका छन् । जिल्लाको धौलागिरि गाउँपालिका- ७ ताकममा २ जना र रघुगंगा गाउँपालिकामा १ जनाको शव भेटिएको म्याग्दीका प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरले जानकारी दिए । रघुगंगा गाउँपालिका- ६ मा गोठ जान हिँडेका ३४ वर्षका ललितमान छन्त्याल लापुखोला तर्ने क्रममा चिप्लिएर बेपत्ता भएका थिए । उनको शव भेटिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । पहिरोले धौलागिरि, रघुगंगा र मालिका गाउँपालिका बढी प्रभावित भएको छ । धौलागिरि गाउँपालिका –६ का २३ जना र मालिका गाउँपालिका–७ बिमका ८ जना वेपत्ता भएका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । पहिरो प्रभावित क्षेत्रमा उद्धार टोली पुगेको प्रजिअ ढकालले जानकारी दिए । ‘रघुगंगामा पुलै बगाएको छ । पहिरो छिचोल्दै जान पनि कठिन भइरहेको छ’ उन...
म्याग्दी पहिरोमा वेपत्ताको हुनेको संख्या २९ पुग्यो

म्याग्दी पहिरोमा वेपत्ताको हुनेको संख्या २९ पुग्यो

गण्डकी प्रदेश, समाज
बेनी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा शुक्रबार बिहान पहिरो जाँदा २९ जना वेपत्ता भएका छन् ।  धवलागिरी-६ का २१ र मालिका-७ बिमका ८ जना वेपत्ता भएका सम्बद्ध वडाका अध्यक्षले जानकारी दिएका छन् । मराङको रिखामा ७, नामरुकमा १०, ठूलोगाउँमा १ र कुम्रिमा १ जना वेपत्ता भएका वडा अध्यक्ष राजाराम सवेदीले बताए । रिखका भिमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीनजना वेपत्ता भएका हुन् । भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको वडा सदस्य लोकबहादुर पुनले बताए । घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन् । घण्टीवाङ मुनीको रिखामा छ घरको बसोबास थियो । चार घर विस्थापित भएका छन् । सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीन वटा घर बगाउँदा तीन जना वेपत्ता भएका छन् । ताजिमा केसी, उनका छोरा प्रकाश र सबिन पुन वेपत्ता भएका हुन् । सबिन साथीको घरमा सुत्न गएका थिए । परदेवी ...