Monday, May 6
Shadow

कोभिड–१९ नियन्त्रण गर्न सरकारलाई राम्रो सफलता : मन्त्री ज्ञवाली


  • -इ
  • इ+

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिड–१९ लाई नियन्त्रण गर्न सरकारलाई राम्रो सफलता मिलेको दाबी गरेका छन् ।

गुल्मीको रेसुंगा नगरपालिकालाई शनिबार तम्घासमा पीसीआर मेसिन हस्तान्तरण गर्दै मन्त्री ज्ञवालीले सरकारले संक्रमितको संख्या बढीमा २०/२२ हजारभन्दा बढ्न नदिने गरी तयारी गरेको बताए । उनले भने, ‘कोभिड–१९ लाई नियन्त्रण गर्न राम्रो सफलता मिलेको छ, अब परीक्षणको दायरा फराकिलो पार्ने र संक्रमतिलाई निको पारेर घर पठाउने तथा नयाँ संक्रमतिको संख्यालाई शून्यमा झार्ने गरी सरकारले काम गरेको छ ।’

लकडाउनपछि ३ लाख नेपाली भारतबाट स्वदेश आएको र ७ प्रतिशतलाई मात्रै संक्रमण देखा परेको उनले बताए । सरकारले जारी गरेको लकडाउन, सतर्कताले मृत्युदर ० दशमलव २ प्रतिशतमात्रै रहेको उनले बताए ।

देशभर ३ लाख नेपालीलाई क्वारेन्टाइनमा राखेर कोरोनालाई समुदायमा फैलिनबाट नियन्त्रणमा राखेको उनको दाबी छ । पीसीआर परीक्षण दक्षिण एसियामै नेपालले उत्कृष्ट गरेकाले संक्रमतिको संख्या नबढेको र मृत्युदर संख्या कमी भएको उनको भनाइ थियो ।

सरकारले जारी गरेको नियम सबै नेपालीले अनुशासनपूर्वक पूर्ण रुपमा पालना गरेकोले कोरोनाविरुद्धको लडाइँबाट सफलता प्राप्त भएको मन्त्री ज्ञवालीले बताए । कोरोना नियन्त्रण भइनसकेकाले मास्क लगाएर हिँड्न, साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्न उनले आग्रह गरे ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्