Monday, May 6
Shadow

जोर विजोर हट्यो लामो दूरीको यातायात भदौ १ गतेदेखि खुल्ने


  • -इ
  • इ+

अन्तर जिल्ला चल्ने मध्यम तथा लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन भदौ १ गतेदेखि मात्र सञ्चालन हुने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यातायात व्‍यवसायीहरुले साउन ८ गतेदेखि नै मध्यम तथा लामो दूरीमा यातायात सञ्चालन गर्न दिन माग गरेका थिए ।

तर सरकारले भदौ १ गतेपछि मात्र लामो दूरीको यातायात खोल्ने निर्णय गरेको हो ।

भदौ १ गते भन्दा अघिसम्म भने उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुर र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र यातायात सञ्चालन गर्न पाइनेछ । मन्त्री खतिवडाका अनुसार निजी सवारीको जोर विजोर भने हटेको छ ।

सरकारले २९ जेठबाट जोर विजोर प्रणालीअनुसार निजी सवारी चलाउन अनुमति दिएको थियो ।

यातायात व्यवसायीको सकारात्मक प्रतिक्रिया

यातायात व्यवसायीहरुले सरकारको निर्णयको स्वागत गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारको निर्णयले ढिलै भएपनि व्यवसायी र यात्रुलाई राहत दिने बताए ।

उनले तोकिएको मापदण्ड पालना गरेर सवारी साधन चलाउन आफूहरु तयार रहेको भन्दै सरकारले भदौ एक अगाडि नै लामो दूरीको सवारी खुलाए पनि सेवा दिन सकिने बताए ।

‘अझै अगाडि खुलिदिएको भए हामीलाई राहत हुन्थ्यो,’ सिटौलाले भने,‘तर पनि भदौ १ गतेबाट हामी लमो दूरीमा तोएिको मापदण्ड पुरा गरेर सेवा दिन्छौं ।’

सरकारले जिल्ला र काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी यसअघिबाटै खुला गरिसकेको छ । सेवमा जान नमानेका व्यवसायीहरुले पनि साउन ८ गतेबाट सेवा दिन थाल्ने बताएका छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्