Thursday, May 23
Shadow

प्रहरी हेडक्वार्टरका थप ६ जनामा कोरोना संक्रमण


  • -इ
  • इ+

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप ६ जना अधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै प्रहरी मुख्यालयमा कार्यरत ३६ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पतालमा गरिएको पिसीआर परीक्षणले थप ६ जनामा संक्रमण देखाएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले अनलाइनखबरलाई बताए ।
संक्रमित मध्ये अधिकांश सवारी शाखाका छन् । केही सञ्चार शाखाका अधिकारीलाई पनि संक्रमण देखिएको छ । हालसम्म संक्रमण पुष्टि भएका हवल्दार र जवान छन् ।

कन्ट्याक ट्रेसिङका आधारमा अधिकृतहरुको पनि पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । तर, रिपोर्ट आइसकेको छैन ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्