Saturday, May 4
Shadow

फेसबुकले डिलिट गर्‍यो ट्रम्पको स्टाटस


  • -इ
  • इ+

फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोष्ट डिलिट गरिदिएको छ । कोरोना भाइरसबारे ट्रम्पले गरेको पोष्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो ।

फेसबुक कम्पनीका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई डिलिट गरिएको हो ।

ट्रम्पले स्टाटसको साथमा फक्स न्युज च्यानललाई दिएको अन्तरवार्ताको एक भिडियो क्लिप पनि राखेका थिए । त्यो भिडियोमा ट्रम्पले भनेका छन्- कोरोना भाइरसबाट बालबालिकाहरु लगभग सुरक्षित छन् ।

फेसबुकका प्रवक्ताले भनेका छन्, ‘यस भिडियोमा कोरोना भाइरसबारे गलत दाबी गरिएको छ । यो हाम्रो नीतिको उल्लंघन हो । हामी कोरोना भाइरस संक्रमणको विषयमा गलत सूचना प्रवाहको विरुद्धमा छौं ।’

यसबारे ह्वाइट हाउसको प्रतिक्रिया भने आइसकेको छैन ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्